बडो उमङ्ग र जोशका साथ सरकारी सञ्चार एजेन्सी ‘राष्ट्रिय समाचार समिति’ले समाचार प्रकाशन गरेको छ–‘बिजुली बेचेर प्राधिकरणले एक महीनामा कमायो १७२ करोड’ । यो उमङ्ग राससको मात्र होइन, हामी सबै नेपालीको पनि हो । यसले सधैं ऊर्जाका लागि अरूमा निर्भर नेपाल पनि ऊर्जा बिक्रेता भएको सन्देश दिएको छ । के जादू भयो र पाँच वर्ष पहिले दैनिक १८ घण्टा लोडसेडिङमा पर्ने देश एक्कासि बिजुली निर्यातक भयो । यसभित्रको कथा भ्रष्टाचार, निकम्मापन, अदूरर्दिर्शताले भरिएको छ । एउटा लगनशील, देशप्रेमी र अपार इच्छाशक्ति भएको मानिसले यो चमत्कार गरेर देखाएको हो । यद्यपि उनको योजना र कार्यविधिलाई सफल पार्न प्राधिकरणका कर्मचारीहरू पनि त्यतिकै धन्यवादका पात्र छन् भने कुलमान घिसिड्ढो छनोटलाई पनि यसको श्रेय दिनुपर्छ । नेपालमा जे कुराको पनि प्रशस्त सम्भावना छ, मानिसहरू पनि योग्य र सक्षम छन् तर प्रणालीबेगर सबै क्षेत्र लथालिङ्ग छ । नेपाल विद्युत् प्राधिकरणको सफलताले दिएको सबैभन्दा सार्थक सन्देश यही हो । अब भारत मात्र नभएर बङ्गलादेशलगायत मुलुकलाई बिजुली बेच्ने ल्याकतसम्म प्राधिकरणलाई पु¥याउनुपर्छ र देशवासीलाई पनि सस्तो, गुणस्तरीय सेवा दिन सक्नुपर्छ । सफलताको दोस्रो पक्षा यही हुन सक्छ ।
कथामा कथा जोडिएर एउटा सम्पूर्ण ग्रन्थ बन्छ । देशमा पनि बिजुलीको कथामा सडक, खानेपानी, सिंचाइ, शिक्ष, स्वास्थ्य उपचारलगायत अन्य संस्थानहरूको कथा जोडिंदै जाने हो भने हामीले गरीबी भोग्नुपर्ने छैन, अरूको भरमा बाँच्नुपर्ने छैन । ल्याकत भएका नागरिक छन्, गरीखाने बलिया पाखुरीहरू छन्, छैन भने सत्ताधारीहरूमा इच्छाशक्ति, सुशासनको सञ्चरण । नेपालमा गर्नु भनेको देश बनाउनु हो, नगर्नु भएको आफू बनाउनु हो । देश बने सबै बन्छन् भन्ने साझा भावको अभावले जहिले पनि, जुन क्षेत्र पनि लथालिङ्ग र अस्तित्वनाशको अवस्थामा पुगेको छ । हेटौंडा कपडा कारखाना, वीरगंज चिनी मिल, कृषि औजार कारखाना, विराटनगर जुट मिल, जनकपुर चुरोट कारखानालगायत नेपालका सम्पत्ति नाश हुनुमा प्रजातान्त्रिक कालका राजनेताहरूको मैंमत्तापन र अदूरदर्शिताबाहेक केही होइन । यी संस्थानहरूमध्ये प्रायःले आजको मितिसम्म पुनरोद्धार हुने अवस्था पार गरिसकेका छन् । कृषि क्ष्Fेत्र अहिले पनि जेनतेन जोगिएको छ । यो क्षेत्र पनि कुनै यस्तै योग्य र दूरदर्शी व्यक्तिलाई जिम्मा दिने हो र वास्तविक कृषकसम्म सरकारको लगानी पुग्न सक्ने हो भने हिजोजस्तै नेपालको खाद्यान्नले विदेशी बजार नलिने कुनै कुरा छैन ।
वन–जङ्गललाई जोगाउन सक्ने हो भने कार्बन बिक्रीबाट अथाह पैसा प्राप्त गर्न सकिन्छ । पहाड र हिमालमा विकासका निश्चित योजनाहरू फलीभूत पार्न सके दूग्धजन्य पदार्थ र फलफूल पनि निर्यात गर्न नसकिने होइन । गर्नु धेरै केही छैन, मध्य र पश्चिमी पहाडको कृषकसम्म कृषि सडक पु¥याउन सक्नुपर्छ नेपालको स्याउले विदेशको बजार गम्काउँदै, सबैको मुख रसिलो पारिदिन्छ । लक्ष्य एउटा तारो अन्यत्र हान्ने स्वार्थी खेलले नेपाल आज गरीब मुलुक बनेको हो । जनता त धनी नै छ । जसले ४१ करोडको च्युइँगमजस्तो फालतु चीज चबाउन सक्छ, ३ अर्बको फलफूल खान सक्छ, रक्सीको घुटकोमा अर्बौं सिध्याउन सक्छ, रु २०० लिटर पेट्रोलमा निधार खुम्च्याउँदैन, त्यस्ताको देश गरीब हुनुको पछाडि कुन गणितले काम गरिरहेको छ, स्पष्ट बुझ्न सकिन्छ ।