प्रस, गरुडा, १७ असार/
रौतहटको गढीमाई नगरपालिकाका प्रमुख श्यामप्रसाद यादवले बज्जी साहित्यिक त्रैमासिक पत्रिकाको विमोचन गरेका छन् । गढीमाई नगरपालिकाको कार्यालयमा नगरप्रमुख यादव र त्रैमासिकका प्रधानसम्पादक सञ्जय साह मित्रले संयुक्तरूपमा विमोचन गरेका हुन् ।
जिल्ला प्रशासन कार्यालय, सर्लाहीमा दर्ता भएर प्रकाशन भइरहेको बज्जी पत्रिकाको छैटौं अङ्कको विमोचन गर्दै नगरप्रमुख यादवले पत्रिकाले बज्जिका भाषा र साहित्यको विकासमा महŒवपूर्ण योगदान दिइरहेकोले आफूले सहयोग गर्ने बताए ।
सर्लाही, रौतहट र बारा जिल्लाका बज्जिका साहित्यकारहरूका विभिन्न विधाका रचनाहरू समेटिएको पत्रिका नेपाल र भारतका बज्जिका साहित्यकारबीच परिचित रहेको छ ।
स्थानीय लोकसाहित्यलाई प्राथमिकता दिइरहेको बज्जी पत्रिकाले नवप्रतिभालाई प्रोत्साहन गर्ने काम गरिरहेको प्रधानसम्पादक मित्रले जानकारी गराए ।
कार्यक्रममा नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नागेन्द्रप्रसाद यादव तथा पत्रिका व्यवस्थापक किशुनदयाल श्रीकृष्णले जनस्तरमा पत्रिका पु¥याउन आवश्यक रहेको र आफ्नो भाषा तथा संस्कृतिको विषयमा सबैले चासो राख्नुपर्ने धारणा राखेका थिए ।