भारत, १७ असार/एएनआई

भारतको मणिपुरको नोनी जिल्लामा एक निर्माणाधीन रेलवे साइटको भग्नावशेषमा पुरिएर चौधजनाको मृत्यु भएको छ  भने अन्य थुप्रै फसेको आशङ्का गरिएको छ ।

 “भग्नावशेषबाट २३ जनालाई निकालिएको छ जसमा १४ जनाको मृत्यु भएको थियो । त्यसैगरी अन्यको खोजी जारी छ । कति पुरिएका छन् भन्ने यकीन भएको छैन तर हालसम्म गाउँँले, सेना र रेलवे कर्मचारी, मजदूर (गाडिएका) सहित ६० जनाको मृत्यु भएको हुन सक्ने बताएका छन् ।

रातभर खोजी तथा उद्धार कार्य जारी रहेको र घटनास्थलमा सघाउन डोजरलगायत इन्जिनीयरिङ उपकरण  परिचालन गरिएको छ ।

जिरिबमदेखि इम्फालसम्म निर्माणाधीन रेलमार्गको सुरक्षाका लागि नोने जिल्लाको तुपुल रेलवे स्टेशन नजीक तैनाथ भारतीय सेनाको १०७ टेरिटोरियल आर्मीको कम्पनी लोकेशन नजीक बुधवार र बिहीवार राति पहिरो गएको थियो ।

भारतीय सेनाको असम राइफल्स र टेरिटोरियल आर्मीका टुपुल रेलवे स्टेशनका सुरक्षाकर्मीहरूले, नोने जिल्ला, मणिपुरको सामान्य क्षेत्रमा प्रतिकूल मौसमको बावजूद दिनभर पहिरो प्रभावितलाई बचाउन उद्धार कार्य जारी राखेका थिए ।  अहिले भारतीय रेलवे, नागरिक प्रशासन, एनडिआरएफ, एसडिआरएफ र नोनी जिल्लाका स्थानीय पनि खोजी कार्यमा सक्रियतापूर्वक जुटेको जनाइएको छ । 

यसैबीच प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीवार मुख्यमन्त्री एन बिरेन सिंहसँग मणिपुरमा लगातार वर्षाका कारण आएको पहिरोको अवस्थाको समीक्षा गर्दै केन्द्र सरकारबाट पूर्ण सहयोगको आश्वासन दिएका छन् ।

 “मणिपुरका सिएम श्री एन वीरेन्द्र सिंहजीसँग कुरा भयो, दुःखद पहिरोको कारण उत्पन्न स्थितिको समीक्षा भयो । केन्द्रबाट सम्भव हुन सक्ने सबै सहयोगको वाचा गर्दछु । म सबै प्रभावितहरूको सुरक्षाको लागि प्रार्थना गर्दछु । म शोकसन्तप्त परिवारहरूसँग छु । घाइतेहरू छिट्टै निको होऊन्”– प्रधानमन्त्री मोदीले ट्वीट गरेका छन् । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here