- डा शिवशङ्कर यादव
रक्तेप्लास्म नामकः कश्चन जीवरसः भवति ।
हो म त्यही जीवरसको वर्णन गर्न गइरहेको छु जसलाई रगत भनिन्छ । उपरोक्त श्लोकमा एउटा शब्द आएको छ ः प्लास्म । म कसरी यो मान्न सक्छु कि आयुर्वेदलाई रक्तको चाल, चरित्र र गतिबारे जानकारी थिएन ? किनभने प्लास्म शब्द जस्ताको त्यस्तै अङ्ग्रेजीको ब्लडमा आयेको छ । ब्लडको दुर्ई भाग हुन्छ ः पहिलो खाँटी द्रव हो जसलाई प्लाज्मा भनिन्छ र संस्कृतमा प्लास्म । यो ठीक योगको योगाजस्तै प्लास्मबाट प्लाज्मा भएको हो । प्लास्म, श्लेष्म आदि शुद्ध संस्कृत शब्द हुन् । ग्रीकको आइमाबाट हेम वा हेमा बनेको हो जसको मतलब हुन्छ रातो । ग्लोबिन भनेको एउटा प्रोटिन हो । दुवै मिलेर हेमोग्लोबिन वा लाल रक्तकण वा रेडब्लड सेल्स बन्छ । यो रक्त अनवरत शरीरमा चौबीसै घण्टा परिभ्रमण गरिरहन्छ जसलाई रक्तसञ्चार भनिन्छ । तर रक्तसञ्चारको यो प्रक्रिया पश्चिमका वैज्ञानिकलाई थाहा थिएन । सर्वप्रथम यस कुराको पत्ता गैलिलियो र शेक्सपियरको समकालीन चिकित्सक विलियम हार्भेले लगाए, जसले १५ वर्षको उमेरमैं, आफ्नो मेधाको बलमा क्याम्ब्रिजको मेडिकलमा भर्ना भइसकेका थिए ।
रक्त शरीरको त्यो जीवन रस वा तŒव हो जो निरन्तर प्रवाहित भएर बाटोमा आउने कोष–कोषमा प्राण वायु अक्सिजन पु¥याउने र कोष–कोषबाट कार्बनडाइआक्साइड र अन्य विजातीय पदार्थ, फर्कंदा आफूसँगै बगाएर बाहिर निकाल्ने काम गर्छ । अब प्रश्न उठ्छ कि कसरी हुन्छ यो काम ? शरीरमा रक्तसञ्चारको दुर्ई प्रणाली हुन्छ ः एउटाले केवल अशुद्ध रक्त ढुवानी गर्छ र अर्कोले मात्र शुद्ध रक्त ढुवानी गर्छ । पहिलोलाई शिरा प्रणाली र दोस्रोलाई धमनी प्रणाली तथा दुवैलाई एक साथ रक्तसञ्चार प्रणाली भनिन्छ । सूक्ष्म र ठूला सबै धमनी र शिरा एक साथ जोडियो भने उसको लम्बाइ साठ हजार माइल वा एक लाख किमी हुन्छ जसले सम्पूर्ण संसारलाई दुर्ई चोटी बेर्न सक्छ । शरीरमा ३८ ठूला शिरा हुन्छ । शिराको व्यास १ मिमिदेखि १.५ सेमीसम्म हुन्छ । सबैभन्दा ठूलो धमनीलाई एओर्टा भनिन्छ जुन ढाडको अगिल्तिर एक फुट लामो र १ इन्च व्यासको हुन्छ । जसरी ढल र खानेपानीको पाइप एकै साथ फिट गरिन्छ त्यसरी नै यो शरीरमा एकै साथ फिट गरिएको हुन्छ र एउटामा मात्र अशुद्ध तथा अर्कोमा मात्र शुद्ध रक्त विपरीत दिशामा बग्ने गर्छ । अब शहरको खानेपानीको टंकीको कल्पना गर्नुस् । एउटा पाइपबाट पानी टंकीमा जान्छ । त्यो पाइप शिरा भयो । त्यही टंकीको पानी अर्को विभिन्न पाइपहरूबाट घरघरमा पु¥याइन्छ । यो अर्को पाइप धमनी हो । अब कल्पना गर्नुस् कि टङ्कीको अशुद्ध पानी अझ शुद्ध गर्न एउटा अर्को टङ्कीमा जान्छ र त्यसबाट फेरि पहिलो टङ्कीमा आई पानी वितरण हुन्छ । शरीरमा एउटा टङ्की हृदय र अर्को अतिरिक्त टङ्की दुर्ईटा फोक्सोको रूपमा हुन्छ । हृदयको टङ्की एउटा पर्खालले बायाँ र दायाँ बाँडिएको हुन्छ । सबै अशुद्ध रक्त हृदयरूपी टङ्कीको दायाँ भागमा जम्मा हुन्छ । फेरि त्यसलाई शुद्ध पार्न फोक्सोमा पठाइन्छ । फोक्सोमा रगतबाट कार्बनडाइअक्साइड सोसेर अक्सिजन दिइन्छ, अनि रगत शुद्ध हुन्छ । यो शुद्ध रक्त फेरी उही टङ्की हृदयको बायाँ भागमा ल्याइन्छ । बीचको पर्खालले शुद्ध र अशुद्ध रक्तलाई एकापसमा मिसिन दिंदैन । अब यो शुद्ध रक्त धमनीद्वारा शरीरको कोष–कोषमा पु¥याइन्छ । यसका लागि शरीरमा मोटो–पातलो धमनीको जाल बिछ्याइएको हुन्छ । त्यस्तै शिराको पनि जाल सम्पूर्ण शरीरमा हुन्छ । यसरी ढल र खानेपानी सरह सँगसँगै दगुर्ने शिरा र धमनीमा रक्तप्रवाह निरन्तर दोहोरिइरहेको हुन्छ । यसै सटीक प्रक्रियाको विलियम हार्भेले पहिलोपल्ट पत्ता लगाए । यसलाई नदी र नहरको उदाहरणबाट पनि बुझ्न सकिन्छ । विभिन्न खोला र नदीहरू एक आपसमा मिल्दै गङ्गामा र गङ्गा समुद्रमा मिल्छ । शिराहरू पनि सानो–ठूलो एक आपसमा मिल्दै हृदयरूपी गङ्गामा र फेरि फोक्सोरूपी समुद्रमा जान्छ जहाँ रगत शुद्ध हुन्छ । एउटा ठूलो डैमबाट ठूलो सानो नहर–नहरी र कुलो हुँदै खेतखेतमा पानी पुगेर धानको बिरुवाको सिञ्चन गर्छ । यही प्रक्रिया हृदयरूपी डैमबाट विभिन्न ठूलो–सानो अनेक धमनी हुँदै रक्त कोष कोषमा पुग्छ र सिंचन गर्छ । अतः यहाँ खोला र नदी शिरा तथा नहर र कुलो धमनी भयो । सबैभन्दा सानो वा सूक्ष्म शिरालाई भेन्युल्स र त्यस्तै सबैभन्दा सानो अथवा सूक्ष्म धमनीलाई आर्टरीओल भनिन्छ । यही सूक्ष्म भेन्युल्स र आर्टरीओल कोषभित्र जान्छ । हृदयले एक मिनटमा ५ लिटर, एक घण्टामा २८० लिटर, एक दिनमा ७२०० लिटर तथा एक वर्षमा २६,६८,००० लिटर रक्त शरीरमा पम्प गर्छ । रक्तको दुर्ई भाग हुन्छ ः द्रव र ठोस । रक्तलाई बग्न दियो भने जमेर यी दुवै भाग प्रस्ट देखिन्छ र कसैले पनि यी दुवैलाई सजिलै ठम्याउन सक्छ । ठोस भागमा लाल रक्तकण, श्वेत रक्तकण र प्लेटलेट भनेर तीन भाग हुन्छ । लाल रक्तकण कोष–कोषमा अक्सिजन पु¥याउने काम र श्वेत रक्तकण बाहिरी रोगाणु र अन्य शत्रुसँग लडाइँ गर्छ, मार्छ र खाइदिन्छ । प्लेटलेटले रक्तको थक्का जमाई काटिएको ठाउँबाट अतिरिक्त रक्त बग्न दिंदैन । लाल रक्तकणको सङ्ख्या ४ देखि ५,५०,००० प्रति क्युबिकमिमी, श्वेत रक्तकणको सङ्ख्या ४ देखि ११००० प्रति क्युकिमिमी र प्लेटलेटको सङ्ख्या दुई देखि चार लाख प्रतिक्युबिकमिमी हुन्छ । लाल रक्तकण कम भए त्यसलाई एनेमिया, श्वेतकण कम भए ल्युकोपेनिया र प्लेटलेट कम भए थ्रोम्बोसाइटोपेनिया भनिन्छ । ७० केजी वजनको वयस्क शरीरमा ८ लिटर रक्त हुन्छ । यो शरीरको सम्पूर्ण वजनको ७ प्रतिशत हुन्छ भने प्रत्येक वर्गमिटरमा २.९ लिटर हुन्छ । रक्त पानीभन्दा ५ गुणा बढी बाक्लो हुन्छ । लाल रक्तकणमा न्युक्लियस हुँदैन । द्रव भागलाई प्लाज्मा भनिन्छ । प्लाज्मामा ९८ प्रतिशत पानी र बाँकी ठोस हुन्छ । ठोसमा आर्गेनिक, इनआर्गेनिक पदार्थ र ग्याँस पाइन्छ । आर्गेनिकमा ः ग्लोबुलिन, फिब्रिनोजिन, ग्लुकोज, ट्राइग्लिसराइड, फस्फोलिपिड, एमाइनोएसिड, हार्मोन्स र विभिन्न प्रकारका इन्जाइम हुन्छ । इनआर्गेनिकमा ः सोडियम, पोटासियम, कैल्सियम, कार्बोनेट, थायोसल्फेट, आयोडाइड, आइरन र कापर हुन्छ भने ग्याँसमा अक्सिजन, कार्बनडाइक्साइड र नाइट्रोजन हुन्छ । यसरी रक्तको विस्तारित कार्य ः कोषमा आक्सिजन पु¥याउने, कार्बन र विजातीय पदार्थ कोषबाट ल्याउने, हार्मोन र इन्जाइम परिवहन गर्ने, वाटरवैलेन्स बनाइराख्ने, अम्ल र क्षारको सन्तुलन र टेम्परेचर रेगुलेट गर्ने कामका साथै केही न्युट्रिशन स्टोर गर्ने र बाहिरी शत्रु वा रोगाणुसँग लड्ने काम हुन्छ । बच्चा, मोटो र महिलामा ब्लड भौल्युम कम हुन्छ । उमेर बढ्दै जाँदा यो पनि बढ्दै जान्छ । यो ब्लड भौल्युम थाइरायडको कमी र लिभरको बिमारीमा बढी तथा डायरिया र थायरायडको अधिकता आदिमा कम हुन्छ । ब्लड भौल्युमको नियन्त्रण ब्रेनको हाइपोथैल्मस भन्ने भागले गर्छ । श्वेतकणमा ः न्युट्रोफिल, वेसोफिल, इस्नोफिल, मोनोसाइट, मास्टसेल्स, लिम्फोसाइट सेल आदि कैयौं सबक्लास हुन्छ, जसको जीवनकाल र कार्य अलग–अलग हुन्छ । औसतन श्वेतकणको जीवनकाल केही घण्टादेखि ३ वा ४ महीनासम्मको हुन्छ । लिम्फोसाइटः टी र वी दुर्ई प्रकारको हुन्छ जसले शरीरको प्रतिरोधक शक्ति बढाउँछ । टी सेलको निर्माण नवजात बच्चामा घाँटीमा मौजुद थाइमस ग्रन्थिमा र पछि वी सेलको सँगसँगै लिभर र हाडमा हुन्छ । टी सेलमा ः हेल्पर टी, किलर टी, सप्रेसर टी र मेमोरी टीहरू हुन्छन् जसले आफ्नो नाम अनुसार नै काम गर्छन् । अर्थात् टी सेलले रोगाणुहरूलाई खान्छ। त्यसमा हेल्परले सहायता गर्छ, कीलरले खानलाई पहिले नै मारी दिन्छ । मेमोरी टी सेलले सम्झना राख्छ कि अमुक रोगाणुले पहिले पनि आक्रमण गरेको थियो कि थिएन ? वी सेल ः प्लाज्मा सेल र मेमोरी सेलमा विभक्त हुन्छ । यी सबै पनि अलग तरीकाले काम गर्छन् जसरी यिनका नाम छन् । मुख्यतः यी सबै शरीरमा प्रवेश गरेका कीटाणु र यहाँसम्म कि कैंसर सेलसम्मलाई खाइदिन्छन् । प्लेटलेटको काम रगतमा थक्का जमाउनु हो । जब शरीरको कुनै भागबाट रगत बाहिर निस्कन्छ तब यो त्यहाँ पुगेर रगतको थक्का बनाई एउटा यस्तो प्लग बनाइदिन्छ कि अरू रगत बग्न पाउँदैन । यो थक्का रक्तप्रवाहमा अथवा शरीरभित्र हुँदैन ।
ब्लडग्रुप चारवटा हुन्छ ः ए, बी, एबी र ओ । एबीले आफूबाहेक अरू कसैलाई ब्लड डोनेट गर्न सक्दैन जबकि ओले सबैलाई ब्लड डोनेट गर्न सक्छ । तर बढी सुरक्षाका लागि बिरामीको आफ्नै ग्रुपको ब्लड दिने गरिन्छ ।
अब केही ब्लडप्रेसरबारे जानौं । कुनै पनि वस्तु वा द्रव जब जुन बलले कुनै वस्तुसँग ठोकिन्छ तब त्यस बललाई त्यस वस्तुको प्रेसर भनिन्छ । ब्लड पनि जुन बलले धमनीमा ठोकिन्छ त्यस बललाई ब्लडप्रेसर भनिन्छ । यो ब्लडप्रेसर दुर्ई प्रकारको हुन्छ ः सिस्टोलिक र डायस्टोलिक । सिस्टोलिकको मतलब हृदयले थिचिने बेलाको बल हो । त्यसपछि हृदय आपसेआप फैलिन्छ, जसलाई डायस्टोल र त्यस प्रेसरलाई डायस्टोलिक ब्लडप्रेसर भनिन्छ । यसलाई पिचकारीको उदाहरणले बुझौं । पिचकारीको पिस्टल दाबेर मानिसमाथि रङ्गको बौछार गरिन्छ । पिस्टल जुन बलले ठेलिन्छ त्यो सिस्टोलिक ब्लडप्रेसर हो । अब पिचकारी खाली हुन्छ र त्यही पिस्टल तानेर फेरि त्यसमा रङ्ग भरिन्छ । जुन बलले पिस्टललाई माथि तानिन्छ त्यो डायस्टोलिक प्रेसर हो । यसलाई अझ थप बुझ्न ताँगावालाले भोंपु बजाउन एउटा सानो रबरको बल्ब थिच्छ । रबर थिचिने प्रक्रिया सिस्टोलिक र हातको जति बल लागेको छ त्यसलाई सिस्टोलिक प्रेसर भन्निछ । अब ताँगावालाले हात छाडिदिन्छ । बल्ब पुनः पूर्व अवस्थामा पुग्छ । पूर्ववत् हुने क्रियामा बाह्य दबाबले हावा आफूभित्र तान्छ । यस प्रक्रियालाई डायस्टोल भनिन्छ र जति फोर्सले हावा भित्र छिर्छ त्यसलाई डायस्टोलिक प्रेसर भनिन्छ । रबर जति लचिलो छ त्यति छिटो पूर्व अवस्थामा आउँछ, छैन भने आउँदैन वा बिस्तारै आउँछ । अब यसैलाई मुटुमा लागू गर्नुस् । फरक यति मात्र हुन्छ कि त्यहाँ कुनै ताँगावाला हुँदैन, मुटु आफैं थिचिन्छ । दोस्रो फरक यो छ कि मुटुको मामलामा हावा होइन रगत हुन्छ । यही सिस्टोलिक प्रेसर धमनीमा प्रोपागेट गर्छ । अब कुरा उठ्छ कि यसलाई नाप्ने कसरी ? ताँगामा भोंपु बज्ने जुन आवाज आउँछ त्यो सिस्टोलिक प्रेसरको आवाज हो जुन हावा पाइपमा ठोकिनाले हुन्छ । जब ताँगावालाले हात छोड्छ तब आवाज हराउँछ । यो आवाज हराउने कुरा र बिन्दु डायस्टोलिक प्रेसर हो । अब ब्लडप्रेसरलाई हेर्नुस् । कुहिनाको अगाडिको खाल्डोमा आला राखेर ब्लडप्रेसर मेशिनको कफमा यति हावा भर्नुस् कि आलामा कुनै आवाज नसुनियोस् । अब बिस्तारै कफको हावा कम गर्दै जानुस्, एक बिन्दुमा आवाज सुनिन थाल्छ । त्यही बिन्दु सिस्टोलिक प्रेसर हो । आवाज सुन्दै जानुस्, कफमा हावा कम गर्दै जानुस् । एउटा बिन्दु आउँछ जहाँ आवाज हराउँछ । त्यही बिन्दु डायस्टोलिक प्रेसर हो । धमनीको लचिलोपन कम भएपछि स्वभावतः डायस्टोलिक प्रेसर बढेको बढ्यै हुन्छ किनभने ताँगाको बल्बजस्तो आफ्नो स्वाभाविक स्थितिमा आउँदैन । सिस्टोलिक १२० मिमी, मर्करी नर्मल र १५० भन्दा बढी खतरा हुन्छ । डायस्टोलिक ८० मिमी आफ मर्करी नर्मल र ९० भन्दा बढी खतरा हुन्छ । धमनी वा शिराको लचिलोपन त्यसमा बोसो जम्मा हुँदा कम हुन्छ, जुन मोटोपन र बुढ्यौलीको स्वाभाविक प्रक्रिया हो । यस अवस्थामा ब्लडप्रेसर बढेर जान्छ ।
पाठकवृन्द रक्तसञ्चार प्रणाली एक महासमुद्र हो तर मोती भने यति नै हो ।
– छपकैया, वीरगंज