मनिला, १६ असार/एएनआई

फर्डिनान्ड रोमुआल्डेज मार्काेस जुनियरले बिहीवार मनिला शहरमा हजारौं मानिसबीच फिलिपिन्सको १७ औं राष्ट्रपतिको रूपमा शपथ ग्रहण गरेका छन् ।

मार्काेस जुनियरले मनिलाको राष्ट्रिय सङ्ग्रहालयमा सयौं स्वदेशी तथा विदेशी प्रतिष्ठित व्यक्ति तथा पत्रकारहरूको उपस्थितिमा एउटा विशाल भेलामा शपथ लिएका हुन् । बोङबोङ भनेर चिनिने उनी पूर्व राष्ट्रपति फर्डिनान्ड मार्काेसका छोरा हुन् । मार्काेसले  फिलिपिन्समा दुर्ई दशक शासन गरेका थिए ।

मार्काेसले वर्तमान उपराष्ट्रपति मारिया लियोनोर रोब्रेडोलाई निर्वाचनमा पराजित गरेका थिए ।

घातक लागू औषध युद्धमा संलग्न रोड्रिगो डुटेर्तेको उत्तराधिकारी फर्डिनान्ड रोमुआल्डेज मार्काेसले छ वर्षको कार्यकालपछि जूनमा राजीनामा दिएको अल जजीराले उल्लेख गरेको छ ।

चिनियाँ उपराष्ट्रपति वाङ की शान र संयुक्त राज्य अमेरिकाका उपराष्ट्रपति कमला ह्यारिसका पति डग एमहोफ लगायत विदेशी व्यक्तित्वले शपथ ग्रहण समारोहमा उपस्थिति जनाएका थिए ।

परिवार र थुप्रै समर्थकहरूको समर्थनमा मार्काेस जुनियर, पूर्व सिनेटर र काङ्ग्रेसका प्रतिनिधि, ले ‘एक साथ हामी फेरि उठ्नेछौं’ भन्ने नाराका साथ अभियान पनि चलाएका थिए ।

यसैबीच सम्भावित विरोधका गतिविधिलाई  दृष्टिगत गर्दै १५,००० भन्दा बढी प्रहरी, सैनिक र तटरक्षकहरू राजधानीभरि सुरक्षाका लागि तैनाथ गरिएका थिए । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here