प्रस, निजगढ, १२ असार/
लायन्स क्लब निजगढको अध्यक्ष पदमा अरुणकुमार साह निर्विरोध चयन भएका छन्। शनिवार भएको क्लबको भेलाले २१ सदस्यीय कार्यसमिति चयन गरेको जनाइएको छ। क्लबको उपाध्यक्ष नवराज शर्मा, सचिव तेजबहादुर चौलागाईं, कोषाध्यक्षमा कैलाशबहादुर तिमल्सिनालगायत अन्य सदस्यहरू छन्। क्लबका निवर्तमान अध्यक्ष दीपेन्द्र श्रेष्ठको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो। क्लबले दुर्ई दशकअघिदेखि नै निश्शुल्क आँखा शिविर, निश्शुल्क स्वास्थ्य शिविर, वृक्षारोपण, रक्तदानलगायतका सामाजिक कार्यहरू गर्दै आइरहेको छ।