प्रस, बारा, १२ असार/
बाराको कलैयामा आइतवार किसानहरूले जुलूस प्रदर्शन गर्दै रासायनिक मल सहजरूपमा उपलब्ध गराउन र महँगी नियन्त्रण गर्न माग गरेका छन्। नेकपा एमाले निकटको अखिल नेपाल किसान महासङ्घ, बाराको अगुवाइमा किसानहरूले प्रदर्शन गरेका हुन्।
बजार परिक्रमापछि जुलूसले कृषि सामग्री कम्पनीको शाखा कार्यालय घेराउ गरेको थियो। उनीहरूले रासायनिक मल सहजरूपमा उपलब्ध गराउनुपर्ने, दैनिक उपभोग्य वस्तुको मूल्य नियन्त्रण गर्नुपर्ने, पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता लिनुपर्ने माग गर्दै कम्पनीका निमित्त प्रमुख नोजबहादुर जिएमलाई ध्यानाकर्षण गराइएको थियो।
अखिल नेपाल किसान महासङ्घ, बाराका संयोजक आत्मदेव भट्टराईको अध्यक्षतामा कार्यक्रम भएको थियो।