काठमाडौं, ९ असार/रासस

नेपाली राष्ट्रिय फूटबल टोली फिफा वरीयतामा आठ स्थान तल झरेको छ । विश्व फूटबलको सर्वोच्च निकाय (फिफा)ले बिहीवार सार्वजनिक गरेको नयाँ वरीयता अनुसार नेपाल १७६औं स्थानमा पुगेको हो । जुन पछिल्लो वरीयताभन्दा आठ स्थान तल झरेको हो । नेपाल यसअघि वरीयताको १६८औं स्थानमा थियो ।

नेपालले गत जेठमा कुवेतमा खेलेको एएफसी एशियन कपको अन्तिम चरणको छनोटमा समूह चरणको तीनवटै खेलमा पराजित भएको थियो । छनोटको समूह ‘ए’मा रहेको नेपाल जोर्डनसँग २–०, कुवेतसँग ४–१ र तेस्रो खेलमा इन्डोनेशियासँग ७–० अन्तरले पराजित भएको थियो ।

वरीयताको शीर्ष स्थानमा ब्रजील र दोस्रो स्थानमा बेल्जियम यथावत् छन् । तेस्रो स्थानमा भने फ्रान्सलाई पछि पार्दै अर्जेन्टिना उक्लिएको छ । यस्तै, चौथो स्थानमा फ्रान्स र पाँचौं स्थानमा इङ्गल्यान्ड छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here