प्रस, वीरगंज, २ असार/
८औं चुरे दिवसको अवसरमा प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत ग्रीनसिटी सामुदायिक सेवा केन्द्र, आदर्शनगर तथा राष्ट्रपति चुरे तराई–मधेस संरक्षण विकास समिति भरतपुर चितवनको संयुक्त आयोजनामा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा आदर्शनगर क्षेत्रका खाली जग्गामा विभिन्न जातका बिरुवा रोपिएका थिए ।
वीरगंज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलमको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकाल, सप्रजिअ भीमकान्त पौडेल, भारतीय महावाणिज्यदूत नितेश कुमार, प्रहरी उपरीक्षक रमेशप्रसाद ढकाल, सप्रउ तेज पोखरेललगायतको सहभागिता थियो ।