प्रस, वीरगंज, १ असार/

कालिकामाई गाउँपालिकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, हेटौंडाको टोली पुगेको छ ।

गापाका विभिन्न योजनामाथि परेको उजूरीको सम्बन्धनमा छानबीन गर्न प्रहरी निरीक्षकको नेतृत्वमा प्राविधिकसहितको टोली पुगेको आयोग, हेटौंडाका सूचना अधिकारी विष्णुप्रसाद सापकोटाले जानकारी दिए ।

कालिकामाईमा पुगेको अख्तियारको टोलीले गत आर्थिक वर्षमा प्रमुख प्रशासकीय अधिकृत जयचन्द्र साहको पालामा वडा नं ३ हरिहपुरमा निर्माण भएको पुल र सडक ढलानको स्थलगत निरीक्षण गरेको थियो ।

स्थलगत निरीक्षणको क्रममा अख्तियारको प्राविधिकले मापदण्ड अनुसार सडक र पुल निर्माण भए, नभएको बारेमा चेकजाँच गरेको गापा अध्यक्ष वशिष्ट गुप्ताले बताए ।

पुल ४० लाख रुपैयाँको लागतमा ठेकेदार कम्पनीमार्फत निर्माण भएको थियो । पुल मापदण्ड र स्टिमेट अनुसार निर्माण नभएको उजूरी परेपछि अख्तियारको टोली योजना निर्माणस्थल पुगेर छानबीन गरेको हो ।

यसअघि पनि कालिकामाई गापामा अख्तियारले छापामारी गरेर छानबीन गरेको थियो । प्रमुख प्रशासकीय अधिकृत जयचन्द्र साहकै पालामा विपत् व्यवस्थापनको रकमलगायतका योजनामा भएको हिनामिना सम्बन्धमा अख्तियारको टोली गापाको कार्यालयमा पुगी दुई दिनसम्म छानबीन गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here