यस वर्ष पनि शिकारीवासका किसानले चैते धान भिœयाउन नपाउने भए । पाक्नै लागेको चैतेधानमा जङ्गली हात्तीको बथान पसेपछि यो त्रास बढेको हो । यसपटक केही महीनादेखि  बस्तीमा हात्ती पसेको थिएन । धान पाक्नै लागेपछि हात्ती आएको हो । केही महीनादेखि बस्तीमा हात्ती प्रवेश नगर्दा किसानहरूमा ‘यसपटक  धान भित्रयाउन पाइने भयो’ भन्ने आस पलाएको थियो । अकस्मात् हात्तीको हुल नै खेतमा पसेर धान विनाश गर्न थाले पछि किसानको आशा निराशामा परिणत हुने अवस्था आएको छ । बथानसहित आउने हात्तीले एकै रात कैयौं बिघा बाली स्वाहा पारिदिन्छ । एकपटक पल्केपछि वा बाली खान लायक भएको छ भन्ने थाहा पाए पछि नसकिउन्जेल आइरहन्छ । हात्तीको बथान खेतबाट हिंड्यो मात्रै भने पनि त्यहाँको बाली टिप्न लायक हुँदैन । सिंचाइ सुविधा रहेको शिकारीवासको माटो मलिलो छ । यहाँ वर्षमा तीन बाली लगाउन सकिन्छ, तर जङ्गली जनावरको कारण जति बाली लगाए पनि भिœयाउन भने भगवान भरोसे छ । हरेक वर्ष हरेक बाली जङ्गली जनावरले विनाश गर्छ । सबै भन्दा धेरै क्षति जङ्गली हातीबाट हुन्छ । अन्य जनावरलाई जस्तो यसलाई धपाउन पनि सजिलो छैन । फेरि पनि शिकारीवासका आदिवासी थारूहरूले जङ्गली जनावरसँग दिनरात सङ्घर्ष गर्दै जति बचाउन सकियो आफ्नो भाग्य ठानेर चित्त बुझाउने गरेका छन् ।

ठोरी गाउँपालिका–३, शिकारीवास ऐतिहासिक तथा पालिकाकै जेठो बस्तीमध्ये एक हो । पर्सा राष्ट्रिय निकुञ्ज र चितवन राष्ट्रिय निकुञ्जको दोसाँध, जङ्गलबीच रहेको यो बस्ती सडक, सञ्चार, बिजुली, स्वच्छ पिउने पानीलगायत आधारभूत मानवीय सेवाबाट वञ्चित छ । करीब ०.५ वर्गकिलोमिटर क्षेत्रफल रहेको शिकारीवासमा विस्थापित हुने क्रमसँगै हाल करीब ४५ घरधुरीको बसोवास छ । उनीहरू अधिकांश सुकुम्बासी हुन् । अरूको जमीनमा अधिया वा ठेक्कामा बाली लगाउने आदिवासी थारूहरू, जङ्गली जनावरकै कारण हरेक बालीमा घाटा बेहोर्न बाध्य छन् । जग्गावालाहरू यहाँ बस्दैनन् । पुस्तौंदेखि यही बस्तीका मूल बासिन्दा थारू अन्यत्र जान पनि सक्दैनन् । मुख्यतः शिकारीवाससँग उनीहरूको पहिचान जोडिएको छ । यहाँको वातावरणसँग उनीहरूको भावनात्मक सम्बन्ध छ । अर्कोतर्फ अन्यत्र बसाइँ सर्नका लागि सम्पत्ति र शिक्षा हुनुप¥यो । उनीहरूसँग धन, सम्पत्ति छैन । बस्ती स्थानान्तरणको कुरा बेलाबेला उठ्ने गरेको छ तर सुकुम्बासी थारू समुदायको लागि जग्गाको प्रत्याभूति कतैबाट पनि आउन सकेको छैन ।

निकुञ्जको रेकर्ड अनुसार पर्सा जिल्लामा सबैभन्दा बढी हात्तीले बाली विनाश गर्ने ठाउँ शिकारीवास हो । उपाय धेरै छ, चासो कसैले दिएको छैन । जङ्गली जनावरको लागि बाली लगाइदिएबापत किसानले बाली अनुसार पारिश्रमिक पाउने व्यवस्था हुनुपर्छ । यसो भए जनावर दिउँसै आए पनि लखेटिंदैनन्, यसो गर्दा पर्यटकको धुइरो लाग्न सक्छ । हाल निकुञ्जले बाली राहतको व्यवस्था गरेको भए तापनि प्रक्रिया झन्झटिलो भएको कारण लक्षित वर्गले पाउन सकेको छैन । विकल्प–आरसिसी वालसहितको सोलार फेन्स राखेर बस्ती र बाली सुरक्षित गर्न सकिन्छ । त्यति पनि नभए जनावर नलाग्ने, जडिबुटी खेती गराउन सकिन्छ । यत्ति गर्नका लागि सोझा गाउँले न आफू सक्ष्Fम छन्, न सरकारसँग गुहार लउाउने उनीहरूको सामथ्र्य नै छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here