नितेश कर्ण, वीरगंज, २६ जेठ/

निर्वाचन आयोगले असार १ गतेदेखि १८ वर्ष उमेर पुगेका नयाँ तथा छुटेका मतदाताहरूको नाम दर्ता गर्न अपिल गरेको छ ।

जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय, पर्सामा नाम दर्ता गराउन निर्वाचन आयोगले जनाएको छ । आयोगले आगामी प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनलाई दृष्टिगत गरी मतदाता नामावली सङ्कलन तथा अद्यावधिक गर्ने निर्णय गरेको छ ।

नागरिकता लिएका र मतदाता नामावली ऐन, २०७३ बमोजिम योग्यता पुगी नाम दर्ता गर्न छुट भएका सबै नेपाली नागरिकले प्रदेश तथा जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालयमा गई आआफ्नो नाम दर्ता गराउन आयोगका प्रवक्ता शालिग्रामशर्मा पौडेलले जानकारी दिए ।

नाम दर्ता गर्न, विवरणमा रहेको त्रुटि सच्याउन, मतदाता नामावलीबाट नाम हटाउन, ठेगाना परिर्वतन गर्न, मतदानस्थल परिवर्तन गर्न, दोहोरो परेको नाम हटाउन सम्बन्धित निर्वाचन कार्यालयमा निवेदन दिन सकिने जनाएको छ ।

यसैगरी आयोगबाट वितरण भएको मतदाता परिचयपत्र भएको तर कुनै कारणले मतदाता नामावलीमा नाम नरहेको व्यक्तिहरूले समेत मतदाता नामावलीमा नाम दर्ता गराउन सक्छन् । पेशा व्यवसायको कारण कुनै एक जिल्लामा बसोवास गरिरहेको तर स्थायी ठेगाना अर्काे जिल्लामा रहेको भए त्यस्ता व्यक्तिले नाम दर्ताका लागि आवश्यक प्रमाणसहित जिल्ला निर्वाचन कार्यालयमा निवेदन दिन सक्ने आयोगले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here