प्रस, ठोरी, १६ जेठ/

ठोरी गाउँ कार्यपालिका सदस्य पदमा नेकपा एमालेका सम्पूर्ण उम्मेदवार विजयी भएका छन् । १३ सदस्यीय गाउँ कार्यपालिकामध्ये ६ जना सदस्यको लागि सोमवार गापा कार्यालयमा सम्पन्न निर्वाचनमा एमालेका सबै उम्मेदवार विजयी भएका हुन् ।

गाउँ कार्यपालिकाको दलित वा अल्पसङ्ख्यक सदस्य निर्वाचनमा एमालेका उम्मेदवारद्वय ईश्वरीदेवी प्रजा र मेघराज सुनुवार विजयी भएका छन् ।  २७ जना निर्वाचित जनप्रतिनिधिमध्ये आज मतदानमा २६ जना मतदाता सहभागी रहेकोमा विजयी ईश्वरीदेवी प्रजा र मेघराज सुनुवारले १७/१७ मत प्राप्त गरेका छन् भने काङ्ग्रेसकी समिता विश्वकर्मा र नेकपा माओवादी केन्द्रकी उम्मेदवार अनुखा सुनुवारले ९/९ मत प्राप्त गरेका छन् ।

त्यस्तै कार्यपालिका महिला सदस्यमा पनि एमालेकै देवीमाया थिङ, ज्ञानकुमारी जोशी, फूलमाया दर्जी र धनमाया घलान विजयी भएका छन् । काङ्ग्रेस र माओवादी केन्द्रबाट महिला सदस्यका उम्मेदवारहरू भगवती धिताल, निशा खड्का र लालमुनिदेवी पराजित भएका छन् । विजयी एमालेका उम्मेदवारहरूले समान १७ मत र पराजित हुने उम्मेदवारहरूले समान ९ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

सोमवार सम्पन्न निर्वाचनपछि १३  सदस्यीय गाउँ कार्यपालिकामा नेकपा एमालेको ११ जना सदस्य निर्वाचित भएका छन् भने माओवादी केन्द्र र काङ्ग्रेसका १/१ जनाको प्रतिनिधित्व रहने छ ।

स्थानीय निर्वाचनमा ठोरीमा अध्यक्ष, उपाध्यक्ष र तीनजना वडाध्यक्षसहित १६ जना जनप्रतिनिधि जितेर एमाले पहिलो, एक वडाध्यक्षसहित सातजना प्रतिनिधि जितेर माओवादी केन्द्र दोस्रो तथा एक वडाध्यक्षसहित चारजना जनप्रतिनिधि जितेर काङ्ग्रेस तेस्रो भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here