प्रस, पर्सागढी, १६ जेठ/

वीरगंज महानगर–३१ मा सोमवार पुराना जनप्रतिनिधिहरूको बिदाइ गरियो भने नवनिर्वाचित जनप्रतिनिधिहरूको पदभार तथा सम्मान कार्यक्रम गरिएको छ ।

कार्यक्रमका प्रमुख अतिथि एमालेका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज प्रभु हजराले साबिक बेलवा गाविस जिल्लाको नमूना गाविस भएसरह वडालाई पनि नमूना बनाउन सुझाव दिए । उनले निर्वाचित भएपछि वडाका सबै बासिन्दालाई समानरूपमा सेवा दिन वडाध्यक्षलाई सुझाव दिए ।

वडाध्यक्ष जितेन्द्रप्रसाद यादवले पदभार ग्रहण गर्दै वडामा रहेका तीनवटा प्राविका विद्यार्थीहरूलाई ब्याग, कापी, कलम निश्शुल्क उपलब्ध गराउने र नेरामावि सोलकपुरमा कार्यरत निजी स्रोतका शिक्षकहरूको तलब व्यवस्थापन गर्ने घोषणा गरे ।

उनले भेडियाहीस्थित स्वास्थ्यचौकी र बर्थिङ सेन्टरको व्यवस्थापन गर्ने, वडामा काम गराउन आउने सबैलाई फोटोकपी निश्शुल्क व्यवस्थापन गर्ने र वडाका सबै काम उपभोक्ता समितिमार्फत गर्ने बताए । उनले आफूले सबैलाई समान व्यवहार गर्ने र कसैले राजनीतिक प्रतिशोध राखेको खण्डमा त्यसको जबरजस्त जवाफ दिने बताए ।

यसैबीच वडाध्यक्ष यादवले आफ्नो निजी खर्चमा लक्ष्मीपुर गाउँस्थित भुइयाँमाई मन्दिरको छठ ढलान सोमवार नै गराएका छन् । उनले वडा कार्यालयमा कार्यरत कर्मचारीहरूलाई कुनै पनि कारणले अनुपस्थित नहुन र खासगरी आर्थिक समस्या आइपरे आफूसँग सम्पर्क गर्न आग्रह गरे । उनले ज्येष्ठ नागरिक, अपाङ्ग, एकल महिलाहरूलाई दिइने सामाजिक सुरक्ष्Fा भत्ता सबैको घरमा पु¥याउने घोषणा गरे ।

कार्यक्रममा संविधानसभा सदस्य बिचारी यादव, वडा सदस्यहरू शेख अमिरूल हुसेन, वीरेन्द्रखवास थारू, मुरमतीदेवी पासवान, फूलमतीदेवी नूनिया, पूर्वगाविस अध्यक्ष ब्रह्मदेव राउत कुर्मी, जोखनदास थारू, पराजित वडाध्यक्ष नन्दकिशोर पंजियार, सुलेमान अन्सारी, समाजसेवी उदरनयन अन्सारी, महम्मद हैदर, आफताब शेख, बालेश्वर  गौरोलगायतको सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण वडा अधिकृत नारायणप्रसाद चापागाईंले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here