प्रस, परवानीपुर, १२ जेठ/

बाराको परवानीपुर गाउँपालिकाको कार्यपालिकाले पूर्णता पाएको छ । बिहीवार सम्पन्न गाससहरूको मतदानबाट छजना निर्वाचित भएपछि कार्यपालिकाले पूर्णता पाएको हो ।

परवानीपुर गापाका मुख्य निर्वाचन अधिकृत मेघनाथ रिमालका अनुसार  खुलामा दुईजना पुरुषसहित छजना सदस्यमध्ये तीनजना एमाले र तीनजना काङ्ग्रेसका गरी छजना कार्यपालिका सदस्य निर्वाचित भएका हुन् ।

खुला पुरुषतर्फ नेकाबाट महन्त राम, एमालेबाट जगदीश राम, महिलाबाट एमालेकी लक्ष्मीना देवी (वडा नं २), इन्द्रकली देवी (वडा नं २) तथा नेकाबाट वडा नं १ की चिन्तादेवी पासवान, कुँवरदेवी रायभर गरी छजना निर्वाचित भएका हुन् ।

नेकपा एमालेको बहुमत नपुगेपछि नेकासँग सहकार्य गरी छवटा कार्यपालिका सदस्यमा तीन/तीन जना कार्यपालिका सदस्यको लागि सहमति जुटेको थियो । कार्यपालिका सदस्यको निर्वाचनमा जसपा र लोसपाको गठबन्धनले हार बेहोरेको थियो भने एमाले, नेका र माओवादीको गठबन्धनले विजय प्राप्त गरेको सहायक मतदान अधिकृत तथा प्रमुख प्रशासकीय अधिकृत मुन्ना साहले बताए ।

एमाले, नेका, माओवादी गठबन्धनबाट छ पदका लागि छजनाको उम्मेदवारी परेको थियो भने जसपा–लोसपा गठबन्धनबाट सातजनाको उम्मेदवारी परेको थियो । अब परवानीपुर गापाको कार्यपालिका सदस्यमा ११ जना सदस्य पुगेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here