प्रस, सर्लाही, २९ वैशाख/

१४ किलो गाँजासहित एकजना युवकलाई सर्लाही प्रहरीले पक्राउ गरेको छ। मलङ्गवा नगरपालिका–८ निवासी १९ वर्षीय रुस्तमकुमार यादवलाई गाँजासहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्लास्टिकको पोकामा गाँजा बोकेर हिंडिरहेको अवस्थामा उनलाई राजश्री हलनजीकैबाट पक्राउ गरिएको सर्लाही प्रहरीका प्रवक्ता एवं प्रनाउ माधवप्रसाद बुढाथोकीले जानकारी दिए। प्रहरीले उनको साथबाट १३ किलो ९ सय ग्राम गाँजा बरामद गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here