प्रस, वीरगंज, २९ वैशाख/
निर्वाचनमा मतदातालाई चामल बाँडेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरी सोधपूछपछि छाडेको छ। वीरगंज–२१ मा एकजना व्यक्तिले मतदाताहरूको घरमा पुगेर चामलको कूपन बाँडेको सूचना प्रहरीलाई पाएपछि प्रहरीले सो ठाउँबाट एकजनालाई पक्राउ गरेको थियो।
पक्राउ परेका व्यक्ति चामलको कारोबारी भएको र निजले त्यस्तो कार्य नगरेको प्रमाण फेला परेपछि सोधपूछपछि छाडिएको पर्सा प्रहरीका प्रवक्ता ओमप्रकाश खनालले बताए। उनले सो स्थानमा मतदाताहरूलाई निज व्यक्तिले चामलको कूपन बाँडिरहेको भन्ने आरोपसहित सूचना आएपछि प्रहरीले तत्काल कारबाई अगाडि बढाएको तर पक्राउ परेका व्यक्तिबाट आरोप अनुसारको कार्य गरेको नपाइएपछि छाडिएको बताए।