बेइजिङ, २९ वैशाख/सिन्ह्वा

चिनियाँ विदेशमन्त्री वाङ यी र पाकिस्तानका विदेशमन्त्री बिलावल भुट्टोबीच बुधवार भिडियोमार्फत फोनवार्ता भएको छ। उनीहरूका बीचमा बुधवार भिडियो वार्ता भएको र त्यस क्रममा दुई देशबीचको सम्बन्धका विविध विषयहरूमा कुराकानी भएको समाचारमा जनाइएको छ।

त्यस अवसरमा चिनियाँ विदेशमन्त्री वाङ यीले चीन र पाकिस्तानबीचको सम्बन्ध अद्वितीय रहेको भन्दै यो सम्बन्ध आगामी दिनमा पनि सौहार्दरूपमा अघि बढ्ने बताएका थिए। उनले चीन सधैं पाकिस्तानमा शान्ति र विकासको पक्षका साथै पाकिस्तानको सार्वभौमिकता र अखण्डताका पक्षमा रहेको बताएका थिए।

पाकिस्तानी विदेशमन्त्री बिलावल भुट्टोले आफूले पाकिस्तानको विदेशमन्त्रीको रूपमा चिनियाँ विदेशमन्त्रीसँग कुराकानी गर्न पाउँदा निकै खुशी लागेको बताएका थिए। उनले आफू पाकिस्तानको विदेशमन्त्रीमा नियुक्त भएपछि पहिलोपटक चीनका विदेशमन्त्रीसँग कुराकानी गरेको पनि उल्लेख गरेका छन्।

उनले चीनसँग पाकिस्तानको विशेष प्रकारको सौहार्दपूर्ण सम्बन्ध रहिआएको र आगामी दिनमा पनि यो निरन्तर रहने बताएको चिनियाँ समाचार समिति, सिन्ह्वाले जनाएको छ। रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here