ओमप्रकाश चौधरी, सेढवा, २५ वैशाख/

यही वैशाख ३० हुने स्थानीय तहको निर्वाचनमा पर्साको जगरनाथपुर गाउँपालिकामा त्रिपक्षीय भिडन्तको अनुमान गरिएको छ ।

अध्यक्ष पदका लागि नेकपा एमालेबाट महमद सलिम मन्सुर, जसपाबाट कृष्णमोहनप्रसाद यादव र नेपाली काङ्ग्रेसबाट श्रीकान्तप्रसाद यादवबीच त्रिपक्षीय प्रतिस्पर्धा हुने आकलन गरिएको छ ।

एमालेका महमद सलिम मन्सुर निवर्तमान गापा अध्यक्ष जालीम मियाँका भाइ हुन् । गत निर्वाचनमा जालीम मियाँ माओवादीबाट अध्यक्ष पदमा निर्वाचित भएका थिए र हालै उनी नेकपा एमालेमा प्रवेश गरेका छन् ।

जसपाबाट कृष्णमोहनप्रसाद यादव गत निर्वाचनमा अध्यक्ष पदमा पराजित भएका थिए । जालीम मियाँसँग उनी पराजित भएका थिए भने नेकाका श्रीकान्तप्रसाद यादव गत चुनावमा तेस्रो स्थानमा थिए ।

अध्यक्ष पदमा माओवादी केन्द्रबाट मालती उपाध्याय, लोसपाबाट महमद आफताब मियाँ धुनिया, जनमत पार्टीबाट चन्दन चौहान र स्वतन्त्रबाट सोबालाल महतो कोइरी, इब्राहिम अन्सारी, गोपीचन राउत कुर्मी, महमद मुस्तुफा आलम, चन्द्रशेखरप्रसाद यादव, अयुब अलि अहमद र महमद नूरहसन मियाँ गरी १३ जनाको उम्मेदवारी छ । महमद कलिम मन्सुरीले अध्यक्ष पदबाट आफ्नो नाम फिर्ता लिइसकेका छन् ।

उपाध्यक्षमा एमालेबाट मीनादेवी कुर्मी, नेकाबाट बबिता सिंह, माओवादीबाट महमद शरीफ गद्दी, जसपाबाट जलेखा खातुन चुनावी मैदानमा छन् । खातुन मधेस प्रदेशका मुख्यमन्त्री लालबाबूराउत गद्दीकी पत्नी हुन् ।

गत निर्वाचनमा उपाध्यक्षमा महमद शरीफ गद्दीकी पत्नी बिसमिल्लाह खातुन लोसपाबाट निर्वाचित भएकी थिइन् । त्यस्तै, उपाध्यक्ष पदका लागि लोसपाबाट अनीता देवी, स्वतन्त्रबाट रबिता देवी, रामबाबू राउत, महमद अफरोज आलम, भागवत प्रसाद र सफरोज गद्दी गरी १० जनाले उम्मेदवारी दिएका छन् ।

वडा नं १ को अध्यक्ष पदका लागि एमालेबाट मगरुराउत गद्दी, नेकाबाट लक्ष्मी साह तेली, माओवादीबाट महमद सहरुम, जसपाबाट गोरा महतो थारू, लोसपाबाट रामायण राउत गद्दी, जनमत पार्टीबाट विन्ध्याचल साह तेली तथा स्वतन्त्रबाट आदेशकुमार साह तेली र शङ्कर साह तेली गरी आठजनाले उम्मेदवारी दिएका छन् ।

मगरुराउत गद्दी निवर्तमान वडाध्यक्ष हुन् भन्ने लक्ष्मी साह तेली र गोरा महतो थारू गत निर्वाचनमा पराजित भएका थिए ।

वडा नं २ को अध्यक्ष पदका लागि एमालेबाट मन्सुहक मियाँ धुनिया, नेकाबाट नेपालीप्रसाद कुशवाहा, माओवादीबाट राजेन्द्रप्रसाद चौहान, जसपाबाट परशुराम राउत कुर्मी, लोसपाबाट वाराणसी राउत अहिर, जनमत पार्टीबाट राजु पाण्डेय तथा स्वतन्त्रबाट इनेश पटेल गरी आठजनाको उम्मेदवारी परेको छ ।

वडा नं ३ को अध्यक्षमा नौजना उम्मेदवार छन् । एमालेबाट मदिश मियाँ गद्दी, नेकाबाट सुभाषकुमार यादव, माओवादीबाट ज्याउल हसन, जसपाबाट नगिना राउत अहिर, लोसपाबाट छठुप्रसाद यादव, नेकपा (एस)बाट अफरिदीराउत गद्दी, जनमत पार्टीबाट देवनाथराउत अहिर, स्वतन्त्रबाट राहुलकुमार यादव र मानती नेशा गद्दीले उम्मेदवारी दिएका छन् । नगिना राउत अहिर निवर्तमान वडाध्यक्ष हुन् ।

वडा नं ४ को अध्यक्षमा एमालेबाट प्रभुप्रसाद नूनिया, नेकाबाट दीपेन्द्रप्रसाद चौहान, माओवादीबाट विजय ठाकुर लोहार, जसपाबाट दीपेन्द्रकुमार चौधरी, लोसपाबाट महमद मकसुद मन्सुर, जनमत पार्टीबाट दानकिशोर राय, स्वतन्त्रबाट सत्येन्द्रप्रसाद चौहान र रामलखन साह गरी आठजना उम्मेदवार छन् ।

वडा नं ५ को अध्यक्षमा एमालेबाट बच्चु साह तेली, नेकाबाट बिहारी महतो नूनिया, माओवादीबाट शम्भुप्रसाद अहिर, जसपाबाट उपेन्द्र मुखिया बिन, लोसपाबाट चन्देश्वर पडित कुम्हाल, जनमत पार्टीबाट सुनील मुखिया बिन र स्वतन्त्रबाट जग महतो नूनिया उम्मेदवार छन् ।

वडा नं ६ को अध्यक्षमा एमालेबाट अयोध्याप्रसाद कुर्मी, नेकाबाट लक्ष्मणप्रसाद कुर्मी, माओवादीबाट देवीचन साह तेली, जसपाबाट रमेश गिरी, जनमत पार्टीबाट नरेश साह तेली, स्वतन्त्रबाट सरोजकुमार कुर्मी र सञ्जयप्रसाद यादव उम्मेदवार छन् ।

जगरनाथपुर गापामा १९७ जनाको मनोनयनपत्र दर्ता भएको र चारजनाले उम्मेदवारी फिर्ता लिएका थिए । अहिले ३२ वटा पदका लागि १९३ जना चुनावी मैदानमा छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here