प्रस, वीरगंज, २५ वैशाख/
स्थानीय चुनाव नजीकिएसँगै मतदाता रिझाउन उम्मेदवारहरू लागिपरेका छन् । बिहान, दिउँसो, साँझ घरदैंलो कार्यक्रम गर्दै आएका उम्मेदवारहरूले अहिले भोजभतेरलाई पनि प्राथमिकता दिन थालेका छन् ।
निर्वाचन आचारसंहिता प्रभावित नहोस् भनेर उम्मेदवारहरूले यसपटक नयाँ शैलीबाट भोज शुरू गरेका छन् । गत निर्वाचनमा उम्मेदवारहरूले एकै ठाउँमा भोजभतेर गरेका थिए भने यसपटक टोलटोलमा १०–१५ जनाको समूहमा भोज गर्दैछन् । यसपटकको भोजमा पुरुष र महिलाहरूको छुट्टाछुट्टै समूह बनाएर सहभागिता गराइएको छ ।
टोलटोलमा महिला–पुरुषहरूलाई छुट्टै भोजको व्यवस्था गरिएको एकजना कार्यकर्ताले बताए । एकै ठाउँमा भोज गर्दा आचारसंहिता उल्लङ्घनको बात लाग्ने भन्दै यसपटक यो शैली अपनाइएको उनको भनाइ छ । वीरगंज महानगरका टोलटोलमा अहिले यसै प्रकारका भोजहरू भइरहेका छन् । हेर्दा साथीभाइ, कार्यकर्ता मिलेर खाएको देखिने तर ती सबैको भुक्तानी उम्मेदवारले गर्दै आएका छन् । खर्चको सीमा निर्धारण गरिएकोले एकै ठाउँमा भोज नगरी यो नीति अवलम्बन गरिएको
हो ।
उम्मेदवारहरूले यस्ता भोजको जिम्मेवारी लिएका छैनन् । उनीहरूले कार्यकर्ता, मतदाताहरू आपैंmले खानपिनको व्यवस्था गरेको बताउँदै आएका छन् । ग्रामीण क्षेत्रमा पनि भोजको प्रतिस्पर्धा चलेको छ । उम्मेदवारहरूबीच भोज गर्ने लहर चलेको छ । मतदाताहरू पनि अहिले सजग भएका छन् । पाँच वर्षमा एकपटक उम्मेदवारहरूको भोज खान पाइने भएकाले उनीहरूले बोइलर कुखुरा परित्याग गर्दै खसीलाई प्राथमिकता दिएका छन् । अहिले चलिरहेको भोजहरूमा कुखुरा कमै प्रयोग भएको र खसीको प्रयोग बढी भइरहेको बताइएको छ ।
यसैगरी, मदिरामा पनि बोतलबन्द मदिराहरूको माग कार्यकर्ताहरूले गरिरहेकाले उम्मेदवारहरूले पनि पूर्ति गर्दै आइरहेका छन् । स्थानीय रक्सी र पाउच पिउनेहरूले पनि अहिले स्वदेशी गुणस्तरीय मदिराको माग गरिरहेका छन् ।
यसैगरी, उम्मेदवारहरूले नगद वितरण पनि शुरू गरेका छन् । नगद वितरणको शैलीमा अहिले परिवर्तन गरिएको छ ।
ठेक्कामार्फत मतदाताहरूलाई रकम वितरण गर्ने कार्य भइरहेकामा थुप्रै उम्मेदवारले आपैंmले र आफ्ना विश्वासिलामार्फत मतदाताको हातमैं रकम पु¥याउने कार्यलाई प्राथमिकता दिएका छन् । खाममा दुई हजारदेखि अढाई हजारसम्म प्रतिमतदाता वितरण भइरहेको एकजनाले बताए । घरका ज्येष्ठ नागरिक र युवाहरूलाई यस प्रकारबाट रकम वितरण भइरहेको स्रोतले जनाएको छ । यसको पुष्टि उम्मेदवारले नगरे पनि मतदाताले गरेका छन् ।