- डा शिवशङ्कर यादव
यो हावा हवाई होइन, दुर्लभ खुदाइ हो ।
जीव कुछ हवा में थिरकते कुछ पानी में तैरते हैं
इस पवन पवित्र को ही प्राणियों का प्राण कहते हैं ।
जीव मात्रको प्रथम आवश्यकता हो हावा । आउनुहोस् आज यसैको यात्रामा रमाऔं । यसको लागि केही भूमिका आवश्यक हुन जान्छ । यसो त आर्य भट्टले पृथ्वी र सूर्यबारे धेरै पहिले सटिक कुरा भनेर गएका छन् । तर प्रमाणको रूपमा आजको आधुनिक वैज्ञानिक कुरा नै अघि सारिन्छ । बिगबैंग सिद्धान्त र हब्बल सूत्रका अनुसार ब्रह्माण्ड र समयको निर्माण एकै साथ १३.७९९ प्लस माइनस ०.०२१ बिलियन वर्ष पहिले भयो । यो ब्रह्माण्ड असीम छ र लगातार फैलिरहेको छ । तर पनि एस्ट्रोनोमरहरूको अनुमानमा यसको व्यास ९३ बिलियन प्रकाश वर्ष अनुमान गरिएको छ । ४.६ बिलियन वर्ष पहिले सूर्यको निर्माण भयो । केटाकेटीमा पढेको भूगोल अनुसार सूर्यबाट टुक्रेको पिण्डले पृथ्वी बन्यो । तर आधुनिक विज्ञानको अनुसार यस्तो होइन । सूर्य र सौर्यमण्डलका सबै ग्रह एउटै कुराले क्रमैसँग बन्दै गएका हुन् । ब्रह्माण्ड केही होइन, एउटा ग्याँसपुञ्ज हो, जसलाई नेबुला भनिन्छ । नेबुलाको लैटिन अर्थ क्लाउड हुन्छ । यो क्लाउड मुख्यतः हाइड्रोजन, हिलियम र लिथियमले बनेको हुन्छ । यसै नेबुलाले ब्रह्माण्डका सबै रचना बनेका छन् ः कोही सानो, कोही ठूलो, कोही अझ ठूलो । ठाक्यै त होइन तर यसलाई हामीले कुम्हालको चक्रको उदाहरणले बुझ्नु अन्यथा हुँदैन । कुम्हालको चक्र ब्रह्माण्ड हो जो अनवरत घुमिरहेको छ । त्यसमाथिको माटो नेबुला हो । त्यही माटोले कुम्हालले सानो कटिया बनाउँछ र ठूलोभन्दा ठूलो हाँडी पनि । यस्तै नेबुलाले ब्रह्माण्डका सबै रचना बनेका हुन्स कोही साना, कोही ठूला, कोही अझ ठूला । बल दुई प्रकारको हुन्छ– सेन्ट्रीफ्युगल र सेन्ट्रीपिटल । सेन्ट्रीफ्युगल बलले पदार्थलाई बाहिर फ्याँक्छ र सैन्ट्रीपीटल बलले पदार्थलाई आफूतिर अथवा पदार्थको केन्द्रतिर तान्छ । पृथ्वी र ग्रहहरूको सम्बन्धमा यसै सेन्ट्रीपिटल बललाई गुरुत्वाकर्षण भनिन्छ । जुन पिण्ड जति ठूलो हुन्छ त्यसको गुरुत्वाकर्षण पनि त्यति नै ठूलो हुन्छ । कुम्हालको चक्का निरन्तर घुमिरहेको हुन्छ र माटो सेन्ट्रीपिटल बलले केन्द्रतिर आइरहेको हुन्छ । कुम्हालको काम आकार दिने मात्र हो, यो काम ब्रह्माण्डमा प्रकृतिले गर्छ । नेबुला समयक्रममा तुलनात्मकरूपले चीसो भएपछि चक्रको माटोसरी मेटेरियल केन्द्रतिर सञ्चालित हुँदे जान्छ र सूर्यको निर्माण हुन्छ एकचोटी सूर्यको निर्माण भएपछि यसको गुरुत्वाकर्षणले स्वयं अझ बढी मेटेरियल तान्छ र सूर्य निर्माणको प्रक्रिया पूरा भएर ब्रह्माण्डमा निस्कन्छ । फेरि त्यसै वा अर्को नेबुलाबाट त्यही प्रक्रियाले पृथ्वी र अन्य ग्रह बाहिर आउँछन् । यसरी पूरै सौर्यमण्डल बनेर तयार हुन्छ । सूर्यको गुरुत्वाकर्षण सबैभन्दा ठूलो भएकोले ग्रहहरूलाई आफू तिर तान्छ । तर ग्रहहरूको पनि आआफ्नो गुरुत्वाकर्षण हुन्छ जसले गर्दा ग्रहहरू सन्तुलित भएर सूर्यको चारैतिर घुम्न थाल्छन् । एवम्रीतले ग्रहहरूको सन्तुलन कायम रहन्छ । यदि यस सन्तुलनमा गडबडी भयो भने दुर्घटना निम्तिन सक्छ । मङ्गलको फवोस चन्द्रमा, भनिन्छ वर्षमा दुर्ई मिटरको दरले मङ्गलतिर तानिइरहेको छ जुन ५ लाख वर्षपछि मङ्गलसित ठोकिएर नष्ट हुनेछ ।
सूर्यको निर्माण ४.६ बिलियन वर्ष पहिले र पृथ्वीको निर्माण ४.५ बिलियन वर्ष पहिले भएको हो । बुध ग्रहबाहेक पृथ्वीसमेत सबै ग्रह चारैतिरबाट वायुमण्डलले ढाकिएको छ । तर अद्भुत कुरा के छ भने पानी र निश्शुल्क अक्सिजन पृथ्वीमा मात्र पाइन्छ । अब हामी आफ्नो विषयमा प्रवेश गरिरहेका छौं । यो पानी कहाँबाट आयो त ? एक अनुमान यो छ कि सुदूर अन्तरीक्षबाट बर्फर्का टुक्रा खस्दै गयो जो अन्य ग्रहमा त टिक्न सकेन तर पृथ्वीको अपेक्षाकृत चीसो वातावरणले टिक्न सक्यो । यो तर्क विश्वास गर्ने खालको त छैन तर मान्नुबाहेक अर्को तर्क अहिलेसम्म पत्ता लागेको छैन । अब फेरि अर्को प्रश्न आउँछ कि निश्शुल्क अक्सिजन कहाँबाट आयो ? पानी आएपछि ३.५ बिलियन वर्ष पहिले एककोषीय ओर्गेनिज्म अर्थात् ब्याक्टेरियाको उत्पत्ति भयो । यसै ब्याक्टेरियाको एक वर्गले अक्सिजन छोड्छ जुन लाखौं वर्षसम्म जम्मा हुँदै गयो । फेरि बोटबिरुवा पैदा भए । अब बोटबिरूवाहरूले पनि अक्सिजन छाड्न थाले । यसरी लाखौं–करोडौं वर्षसम्म जम्मा हुँदै गएको आक्सिजन आजको स्वरूपमा आयो । अर्को ग्याँस वायुमण्डलमा छँदै थियो । यसरी आज वायुमण्डलमा निम्न ग्याँस एक निश्चित प्रतिशतमा हामीलाई उपलब्ध छ ।
नाइट्रोजन ७८.१ प्रतिशत,अक्सिजन २०.९ प्रतिशत, १ प्रतिशतमा बाँकी अरू ग्याँस छन्, जसमा कार्बनडाइ अक्साइड मुख्य हो । यही अक्सिजन र कार्बनडाइ आक्साइड मिलेर एउटा अद्भुत चक्र बनाउँछ जसमा प्रत्येक प्राणीले सासमा आक्सिजन लिन्छ र कार्बनडाइ अक्साइड छोड्छ । यसको ठीकविपरीत बोटबिरुवाहरूले कार्बनडाइ अक्साइड लिन्छन् र अक्सिजन छोड्छन् । तर बोटबिरुवामा यो केवल दिनमा हुन्छ । रातमा यो प्रक्रिया प्राणीसरह नै हुन्छ । यसै चक्रले वायुमण्डलमा गैसियस मिक्सचर हरदम एकनास बनिरहन्छ । यसै एक अर्कामा आधारित जीवन चक्रलाई पर्यावरण भनिन्छ । दुर्भाग्यवश यही बोटबिरुवाको बढी विनाश, पेट्रोलियम पदार्थ र कोयलाको बढी प्रयोगले पर्यावरण नष्ट हुन लागेको छ । यस विनाशको कारण केवल र केवल मनुष्य हो । मनुष्यमा पनि कारण उसको असीमित भोक र अस्वस्थकर विकाश हो । यस कारण ग्रीन हाउस ग्याँस बढेर पृथ्वी तात्दै गएर प्रलयतर्फ अग्रसर भएको छ । केके हुन् यी ग्रीन हाउस ग्याँस ? यी हुन्– कार्बनडाइ अक्साईड, कार्बनमोनोक्साइड, वाष्प, हाइड्रोफ्लोरोकार्बन, सल्फर, हेक्साफ्लोराइड आदि । ग्रीनहाउस प्रक्रिया हाम्रो सुविधाको लागि बनेको हो । कसरी ? शीशै शीशाले बनेको एउटा घर हुन्छ, जसमा टमाटर आदि सब्जी उमारिन्छ । हाम्रो देशभन्दा बढी यो इजरायल आदि देशमा बढी प्रयोग गरिन्छ जहाँ दिनमा धेरै गर्मी हुन्छ र रातमा धेरै चीसो । दिनमा यो घर तात्छ, रातमा चीसो हुन्छ । तर यो चीसो घरको बाहिर मात्र हुन्छ । शीशाले केही ताप सोसेर राख्छ, भित्र गर्मी रहिरहन्छ र साग आदिले उचित ताप पाइरहन्छ । यसै घरलाई ग्रीनहाउस र यही तात्ने प्रक्रियालाई ग्रीनहाउस इफेक्ट भनिन्छ । यही प्रक्रिया पृथ्वीमा पनि देखिन्छ । सूर्य किरणले दिनमा पृथ्वी तात्छ । रातमा पृथ्वीले त्यही ताप वायुमण्डलमा छाडेर चीसो हुन्छ । तर वायुमण्डलमा बसेको ग्रीनहाउस ग्याँसले, जसमा कार्बनडाइ अक्साईड मुख्य हुन्छ, केही ताप सोसेर हामीलाई सुविधा प्रदान गर्छ । यो ठीक हामीले खाने औषधि सरह हो । उचित मात्रामा छ भने ठीक अन्यथा त्यो औषधि विष हुन्छ । जुन ग्रीनहाउस ग्याँसले हामीलाई सुविधा दिने हो त्यसको अत्यधिक मात्रा विष बन्दै पृथ्वीको तापक्रम बेहिसाब बढिरहेको छ । यो धेरै दिन अघिको कुरा होइन । उद्योगीकरण शुरू भएपछिको कुरा हो । त्यसपछि पृथ्वीको तापक्रम १.१ डिग्रीले बढिसकेको छ । यसैको चिन्ता गरेर वैज्ञानिकहरूले पृथ्वीको तापक्रमलाई १.५ डिग्रीसम्म कम गर्ने वा २ डिग्रीभन्दा माथि जान नदिने भनिरहेका छन् । यो प्राप्त हुन्छ शून्य वा कमभन्दा कम कार्बन उत्सर्जनले ।
यो वायुमण्डल पृथ्वी सतहबाट १६०० किमीमाथिसम्म फैलियेको छ जसले पृथ्वीलाई एउटा कम्बलले झैं ढाकेर सबै जीवजन्तुलाई सुरक्षित राखेको छ । वायुमण्डल १६०० किमी भएपनि हामीलाई ३०० किमी नै बढी उपयोगी छ । यसमा पनि बढी महŒव राख्छ सतह देखि १८०० किमीसम्मको वायुमण्डलले । यो सतहदेखि शुरू भएर पाँच लेयर हुन्छ । ट्रोफोस्फेयर ः यो १८ किमीसम्म हुन्छ । मानिस र अरू जीवका सारा गतिविधि यसै लेयरभित्र हुन्छ । स्ट्रेटोस्फेयर ः यो ३० किमीसम्म हुन्छ । ओजोनको परत यसैमाथि हुन्छ जसले सूर्यको अल्ट्राभायलेट विकिरणबाट जोगाउँछ । थर्मोस्फेयर ः ४० देखि ४०० किमीसम्म फैलिएको छ । यसमा इलेक्ट्रिक करेन्ट प्रवाहित भइरहन्छ जसले रेडियोवेभलाई रिफ्लेक्ट गर्छ जसका कारण हामी रेडियो ब्रोडकास्टिङ सुन्न पाउँछौं । एक्सोस्फेयर ः यो सबैभन्दा माथिको लेयर हो जसमा हावाको घनत्व बहुतै कम हुन्छ र धेरै महŒव राख्दैन । –छपकैया वीरगंज