- अनन्तकुमार लाल दास
सन् १९२९ मा भएको विश्वव्यापी आर्थिक मन्दीबाट बच्नको लागि ६ जून, सन् १९३३ मा विश्व अर्थ सम्मेलनको आयोजना लन्दनमा गरियो । यस सम्मेलनमा विश्वका ६६ राष्ट्रका प्रतिनिधिहरूले भाग लिएका थिए तर उनीहरूबीच आपसी मतभेदले गर्दा २७ जुलाई, सन् १९३३ मा यस सम्मेलनलाई स्थगित गर्नुप¥यो । त्यस उपरान्त सन् १९३४ ले शुभ सङ्केत लिएर आयो किनभने सबै देशमा औद्योगिक विकासको थालनी भइसकेको थियो तर फेरि युद्धको आशङ्काले गर्दा हातहतियार बनाउने होड चल्यो । प्रायः हरेक देशमा शस्त्र निर्माणका लागि कलकारखाना खुल्न थाले र बेरोजगारीहरूले रोजगार पाउन थाले ।
वर्तमान आर्थिक सङ्कट पनि एकआपसमा चलेको द्वन्द्व नै हो जसको प्रभाव सम्पूर्ण विश्वमाथि परेको छ र परोक्षरूपले हथियार उत्पादन र खरीद–बिक्री बढेको छ । यदि विश्वमा शान्ति स्थापना भएन भने यसको परिणाम पनि सम्पूर्ण विश्वले नै भोग्नुपर्नेछ । यसै सन्दर्भमा विश्वव्यापी आर्थिक मन्दीको राजनीतिक परिणामबारे यस आलेखमा चर्चा गरिएको छ ।
अधिनायकवादको उत्कर्ष : इतिहासकारहरूका अनुसार आर्थिक सङ्कटले अभिनायकवादलाई जन्मायो र के पनि सत्य हो भने यस आर्थिक सङ्कटको समाधान प्रजातान्त्रिक विधिले गर्नु सम्भव थिएन । यसर्थ यस सङ्कटको समाधानका लागि प्रजातान्त्रिक सरकारले पनि आफ्नो अधिकारमा वृद्धि गरे । आर्थिक सङ्कटसम्बन्धी कानून संसमा पारित गरेर बनाउने ठाउँमा अध्यादेशमार्फत बनाइयो । यस कारण जुन बेला प्रजातान्त्रिक परम्पराको अवहेलना हुन्छ, त्यहींबाट अधिनायकवादको बीजङ्कुरण हुन्छ ।
प्रजातान्त्रिक सरकारमा पनि बहुदलीय सरकारको ठाउँमा गठबन्धनको सरकार बने । अमेरिकी राष्ट्रपति रूजवेल्टको न्यु–डिल नीतिले पनि अधिनायकवादका तŒवहरूलाई बल पु¥यायो किनभने यो नीतिले पनि आर्थिक सङ्कट समाधानका लागि असाधारण अधिकार हासिल गरेको थियो । इटली र जर्मनीमा बेरोजगार बढेपछि त्यहाँका बेरोजगारी युवक मुसोलिनी र हिटलरतर्फ आकर्षित हुन थाले । यी दुइटै नेता तानाशाही मनोवृत्तिका थिए र कालान्तरमा विश्वविख्यात तानाशाह बने । यस प्रकार बेकारी र बेरोजगारीले पनि तानाशाही र अधिनायकवादको पोषण गरे ।
लोकतान्त्रिक व्यवस्था प्रभावित हुनुः आर्थिक सङ्कटको समाधानका लागि प्रजातान्त्रिक सरकारहरूलाई पनि विशेष अधिकार ग्रहण गर्नुप¥यो । अमेरिका र इङ्गल्यान्डजस्ता लोकतान्त्रिक देशले पनि तानाशाही देशहरूजस्तै कार्य गर्न थाले । यसरी लोकतान्त्रिक सरकारहरू स्वभावतः प्रभावित हुँदा लोकतान्त्रिक सरकारलाई युरोपीय देशहरूमा जनताको रिस खेप्नुप¥यो किनभने उनीहरूले पूँजीवादको समर्थन गरिरहेका थिए । फलस्वरूप प्रजातान्त्रिक सरकारबाट जनताको विश्वास घट्न थाल्यो ।
प्रबल आर्थिक राष्ट्रियता : जब युरोपका देशहरू आर्थिक सङ्कटबाट ग्रस्त थिए त्यसबेला त्यसको समाधानका लागि उनीहरूले आफ्नो मात्र आर्थिक हितको ख्याल गर्न थाले । उनीहरूले आफ्नो उपनिवेशलाई अन्य देशहरूको व्यापारिक केन्द्र बन्न नदिनेतर्फ विचार गर्न थाले । यसको लागि उनीहरूले स्वतन्त्र व्यापार नीति परित्याग गरी संरक्षणको नीति अवलम्बन गरे । यो आर्थिक राष्ट्रियता युरोपीय देशहरूमा कतिसम्म उग्र बन्यो भने आर्थिक मामिलामा उनीहरूले पारस्परिक सहयोग नै बन्द गरे । यसरी सबै देशले आआफ्नै तहबाट आर्थिक समस्याको समाधान गर्ने प्रयत्न गर्न थाले । उनीहरूको यस खाले रवैयाबाट अन्तर्राष्ट्रिय सहयोग र सौहार्दको भावनामा घातक प्रभाव प¥यो ।
राष्ट्रसङ्घ कमजोर हुनु : आर्थिक सङ्कटबाट भयभीत राष्ट्रहरूले आफ्नो मात्र हितको चिन्ता गर्न थाले । लिग अफ नेशन्सको कार्य र आदर्शप्रति सबै उदासीन भए । सन् १९३१ मा जापानले मन्चुरियामाथि आक्रमण गर्दा पनि यस विश्व संस्थाले केही गर्न सकेन वा भनौं जापानले टेरेन । इटलीका तानाशाह मुसोलिनीले इथोपियामाथि आक्रमण गर्न तयारी गर्न थाले तर लिग अफ नेशन्सले उसको साम्राज्यवादी मनोवृत्तिमाथि अंकुश लगाउन सकेन । यसरी आर्थिक सङ्कटको कारण लिग अफ नेशन्स पनि निर्बल भयो ।
जापानको साम्राज्यवादी भावनालाई प्रोत्साहन : सन् १९१० मा कोरिया विजय पश्चात् जापान साम्राज्यवादी बन्यो । प्रथम विश्वयुद्धमा विजेता बनेर ऊ विश्वको पाँचौं महाशक्तिहरूको सूचीमा सामेल भयो । यससँगै उसले औद्योगिक विकासमा पनि धेरै प्रगति गरेको थियो । जापानमा भएको कारखानाहरूमा बढी उत्पादन भयो तर उत्पादित माल किन्ने धेरै कम थिए । आर्थिक राष्ट्रियताले सबै राष्ट्रलाई अन्तर्राष्ट्रिय क्षेत्रमा सङ्कुचित बनाइदिएको थियो । इङ्गल्यान्ड जापानको माल आफ्नो उपनिवेशमा भिœयाउन चाहन्नथ्यो ।
अतः जापानले आफ्नो व्यापार बढाउन सैन्य विजयको नीति अवलम्बन ग¥यो । इतिहासकार टायनबीले लेखेका छन्–“भीषण मन्दीबाट विवश भएर जापानी सेनानायकहरूले यस नीतिको समर्थन गरे ।” यसबाट जापानी धेरै बेचैन भएका थिए । यस कारण मन्चुरियामाथि आक्रमण गर्न उनीहरूलाई अलिकति पनि सङ्कोच भएन । जापानको सरकारलाई पनि त्यसबेला ‘सैनिक नीति’ पालन गर्न कुनै सङ्कोच भएन किनभने त्यस बेला युरोपका देशहरू आफ्नो आर्थिक समस्या समाधान गर्न व्यस्त थिए । लिग अफ नेशन्स आयोग मात्र गठन गरेर सन्तुष्ट भयो र जापानको शक्तिलाई रोक्न सकेन ।
साम्यवाद श्रेष्ठ साबित हुनु : आर्थिक सङ्कटभन्दा पहिले युरोपीय देशहरूमा पूँजीवादप्रति विशेष श्रद्धा थियो । यस विपरीत साम्यवादका प्रणेता कार्लमाक्र्सको के भनाइ थियो भने पूँजीवाद अब चरमोत्कर्षमा पुगिसकेको छ । यस कारण पूँजीवादपछि साम्यवाद आउनु अवश्यम्भावी छ । आर्थिक सङ्कटले कार्लमाक्र्सको धारणाको पुष्टि गरिदियो । र पूँजीवादको निर्बलता थपिंदै गयो । यस कारण युरोपका देशहरू पनि अब साम्यवादप्रति विश्वास प्रकट गर्न थाले ।
दोस्रो विश्वयुद्धका लागि वातावरण तयार हुनु : इतिहासकारहरूका मतानुसार द्वितीय विश्वयुद्धको बीउ वार्सायको सन्धिले नै छरिदिएको थियो र यस आर्थिक सङ्कटले दोस्रो विश्वयुद्धको वातावरण तयार गरिदियो । यस सङ्कटले युरोपीय देशहरूमा पूँजीवादप्रति रहेको श्रद्धा कम पारिदियो, जसले प्रजातन्त्रलाई कमजोर बनायो र अधिनायकवादको पोषण ग¥यो । पूँजीवादप्रति श्रद्धा कम भएको कारण युरोपवासीको ध्यान साम्यवादतिर तानियो । साम्यवादको बढ्दो प्रभावले युरोपेलीहरूलाई चिन्तित बनायो । उनीहरूको विश्वास अब सामूहिक सुरक्षामा रहेन । अतः उनीहरू आफ्नो सुरक्षा अब व्यक्तिगतरूपले गर्न थाले जस्तो हालका दिनहरूमा देखा परिरहेको छ । यस कारण उनीहरूले अब तुष्टीकरणको नीति अवलम्बन गरे । जापानले मन्चुरियामाथि र इटलीले इथोपियामाथि गरेको आक्रामक नीतिप्रति पनि उनीहरू सहिष्णु बनिरहे ।
यसपछि हिटलरले जब वार्साय सन्धिको उल्लङ्घन गरे र साम्राज्यवादी नीति पालन गर्न थाले त्यसबेला इङ्गल्यान्ड र फ्रान्सलाई रोक्ने निहुँमा मुसोलिनी र हिटलरले स्पेनको गृहयुद्धमा त्यहाँको सरकारविरुद्ध जनरल प्रेंmकोलाई खुलेर सहयोग गरे । इङ्गल्यान्ड, फ्रान्स र लिग अफ नेशन्स यस क्रियाकलापप्रति मौन बसे । यसको परिणाम के भयो भने सन् १९१९ मा नै तानाशाह हिटलरले द्वितीय विश्वयुद्धको श्रीगणेश गरिदिए र यसको मूल कारण आर्थिक सङ्कट नै थियो । यो द्वितीय विश्वयुद्ध प्रथम विश्वयुद्धभन्दा पनि बढी अनिष्टकारी साबित भयो ।
विश्वव्यापी आर्थिक मन्दीबाट इटलीले पनि आफूलाई सुरक्षित राख्न सकेन । देशको दयनीय आन्तरिक स्थितिले गर्दा जनसाधारणको ध्यान आर्थिक कठिनाईबाट हटाउन युद्धको सहारा लियो । अफ्रिकाको एउटा कमजोर राष्ट्र अबिसिनियामाथि इटलीले आक्रमण गर्नु यसै उद्देश्य पूर्तिको उदाहरण हो । ग्रेट ब्रिटेन र फ्रान्सले लिग अफ नेशन्सको उपेक्षा गर्दै जर्मनी र इटलीप्रति तुष्टीकरणको नीतिअँगाले जसलाई द्वितीय विश्वयुद्धको लागि उत्तरदायी मान्न सकिन्छ । यसर्थ हरेक दृष्टिकोणले आर्थिक मन्दीको कारण र प्रभावलाई अध्ययन गर्दा के भन्न सकिन्छ भने आर्थिक मन्दीको प्रभाव युरोपको भविष्यको लागि कुनै पनि प्रकारले राम्रो साबित भएन । आर्थिक मन्दीले गर्दा सन् १९२९ देखि सन् १९३१ बीच युरोपको स्थिति दयनीय रह्यो र युरोप बिस्तारै खुम्चिएर आफ्नो राष्ट्रिय सीमामा सीमित हुन पुग्यो ।