- डा शिवशङ्कर यादव
आउनुस् आज पानीमा डुबुल्की मारौं ।
रहिमन पानी राखिये विन पानी सब सुन
पानी विना ना उबरे मोती मानुष चुन ।
पानीविना मोती पैदा हुँदैन । पानीविना मानिसको तेज र चुनको उपयोगिता सकिन्छ । जसको शरीरमा पानी छैन उसको अनुहार हेर्नुस् । हैजामा शरीरको पानी सकेर मानिस पानीको लागि प्याँप्यFँ गरेर मछै । खानाविना मानिस दुई महीना बाँच्न सक्छ तर पानीविना तीन दिनमा मर्छ ।
क्षिति जल पावक गगन समीरा
पञ्च तŒव मिली बना शरीरा ।
यसमा समीरा सबभन्दा पछि तुकबन्दी मिलाउन आएको छ । अनिवार्यताको हिसाबले हावा सबैभन्दा पहिले हुनुपर्छ । एकजना मूर्तिकारले भगवान्को मूर्ति बनाउँछ, त्यसलाई मन्दिरमा स्थापित गरेपछि मात्र अन्तमा प्राण–प्रतिष्ठा गरिन्छ । प्रकृतिले आमाको कोखमा बालकको निर्माण गर्छ । त्यस बालकले संसारमा पाइला राखेपछि मात्र सFस लिन्छ । यस अर्थमा समीरलाई अन्तमा राखिएको कुरा पनि सही नै लाग्छ ।
संसारमा तीन भाग पानी छ भने केवल एक भाग धरती छ । सजिलै याद राख्नको लागि यही सूत्र शरीरमा पनि लागू गरे हुन्छ । अर्थात् शरीरमा पानी तीन भाग र एक भाग पञ्चतŒवका अरू तŒव छन् । जीवनमा पानी कति आवश्यक छ भन्ने कुरा यसैले थाहा हुन्छ कि वैज्ञानिकले अन्य ग्रहमा पानीकै खोज गरिरहेका छन् । जति ग्रह पत्ता लागेको छ, त्यहाँ पानी पनि छैन, अर्थात् जीवन पनि छैन । वैज्ञानिक अनुसार पानीमा नै अल्गीको रूपमा जीवनको प्रारम्भ भएको हो ।
पानी शरीरको लागि मात्र आवश्यक छैन अपितु मानिको प्रत्येक क्रियाकलापका लागि जरूरी छ । बाँच्नका लागि मानिसलाई नित्य कम्तिमा दुई लिटर पानी चाहिन्छ । नुहाउन र अर्को सरसफाइलगायतका लागि कम्तिमा १५० देखि २०० लिटर पानी प्रतिव्यक्ति प्रतिदिन आवश्यक हुन्छ । पानी हामीलाई प्राप्त हुन्छ कसरी त ? प्रकृतिको कलाकारिता हेर्नुस् १ सूर्यले समुद्र र अन्य ठाउँको पानी सोस्छ र बादल बनाई पानी बर्साइदिन्छ । त्यही पानी नदी–नाला झरनाको रूपमा संसारलाई सिंचित गर्दै हाम्रो तिर्खा मेटाउँदै पोखरी, झील र तलाउमा जम्मा भएर फेरि समुद्रमा मिसिन्छ । यो अद्भुत चक्र अनवरत चलिरहन्छ र यही जीवनचक्र हो । यसै एक प्रतिशत पानीमा सारा जीव आश्रित छन् । यस वैज्ञानिकताको ज्ञान पाँच हजार वर्ष पहिले पनि सटीकरूपले थाहा थियो । श्रीकृष्णले यसैलाई गीताको नवौं अध्यायमा यसरी भनेका छन्–
मैं हुँ तपता अंशुमालि खींच कर लाता उन्हें
जलधि जल वारिद बनाकर मैं ही बरसाता उन्हें ।
हाम्रा सबै आवश्यकता यसै एक प्रतिशत पानीले पूरा हुन्छ । प्रकृतिले रिजभ्र्वायरको रूपमा ग्लेसियर दिएको छ । तापले ग्लेसियर पगालेर अनवरत खानेपानीको स्रोत बनाइदिएको छ जहाँबाट अनवरत बग्ने ठूला–ठूला गङ्गा जमुना, ब्रह्मपुत्र नदी हाम्रो आवश्यकता पूरा गर्दै बगिरहेका छन् । भनिन्छ तापक्रमको अतिशय वृद्धिले अन्टार्टिकाको अमेरिका बराबर ग्लेसियरको टुक्रा पग्लिसकेको छ । यही हालत रह्यो समुद्र किनारका शहरहरू डुब्नेछन् । अर्थात् पानी जुन जीवनदायिनी हो त्यही अनियन्त्रित भयो भने जीवन विध्वंस पनि गर्न सक्छ । पानीको यही रौद्र रूप अतिवृष्टि वा बाढीको रूपमा देखिन्छ ।
यो त भयो पानीको सामान्य विवरण । तर कस्तो पानी हामीलाई जरूरी हुन्छ ? जीवनदायिनी पानी नै अशुद्ध भए अनेकौं रोगको कारण बन्छ जसलाई वाटर–बोर्न डिजिज वा पानीजन्य रोग भनिन्छ । यी सबैको जानकारी हुनु जरुरी छ । त्यसको विस्तारमा वर्णन यस सानो लेखमा सम्भव छैन । यति मात्र जानिराखौं कि पानी दुई किसिमको हुन्छ ः मीठो र नुनिलो अथवा साफ्ट र हार्ड । साफ्ट पानीमा साबुनले झाग बनाउँछ तर हार्डमा बनाउँदैन । पिउनको लागि मीठो पानी हुन्छ, थोरै हार्ड छ भने पनि स्वस्थकर नै पाइएको छ । नयाँ शोधले के साबित गरेको छ भने अलि अलि लिथियम मिसिएको पानी मिर्गौलाको लागि मात्र लाभदायक छैन, यसले बुढ्यौलीलाई पनि रोक्छ । तर समुद्रको अतिशय नुनिलो पानी काम लाग्दैन । पिउने मीठो पानी पनि शुद्ध हुनुपर्छ । वर्षाको पानी सबैभन्दा शुद्ध त हुन्छ, तर पहिलो वर्षामा वायुमण्डलको फोहोर मिसिएको हुन्छ र जमीनमा आएपछि विभिन्न भौतिक, रासायनिक र जीवाणुजन्य अशुद्धिबाट दूषित हुन्छ । पोखरी–तलाउको जमेको पानी पनि मानवीय गतिविधिले पिउनलायक रहँदैन । पहिले–पहिले नदीको पानी पिउनलायक हुन्थ्यो । तर आज मानवीय गतिविधिले त्यो पनि अशुद्ध भएको छ । श्रीसिया नदीको हालत हेर्नुस् । भनिन्छ गङ्गाको पानीमा कहिले पनि कीटाणु पैदा हुँदैन । तर यस कलियुगमा किनारामा बसेका शहरहरूको मलमूत्र र सिवरेज सीधै गङ्गामा प्रवाहित हुँदा त्यो पनि दूषित भएको छ । मेरो बचपनमा इनार हुन्थ्यो जुन ग्राउन्ड वाटरको राम्रो र सामूहिक स्रोत हुन्थ्यो । चापाकलको आगमनपछि त्यो पनि जुत्ता, चप्पल र फोहोर मिल्काउने डम्पिङ साइट बनेको छ । चापाकलको पानी शुद्ध हुन्छ तर इनार जस्तो सुस्वादु हुँदैन । त्यसले लौह तŒवको स्वाद बोकेको हुन्छ । आजकाल पानीको ग्राउन्ड लेभेल धेरै तल गइसकेको हुनाले चापाकलको पानीमा आर्सेनिक र फ्लोराइडको मात्रा बढी पाइन्छ । आर्सेनिक त विष नै हो । अधिक मात्राको फ्लोराईडले डेन्टल फ्लुरोसिस र हाड पनि बाङ्गोटिङ्गो हुन्छ । समुद्रको पानीमा यति धेरै नुन र मिनरल हुन्छ कि त्यसलाई पिउनेयोग्य बनाउन डिसाल्ट र डिमिनरलाइज गर्नुपर्छ जुन जटिल र खर्चिलो प्रक्रिया हो । मध्यपूर्वका देश जो केवल समुद्रमा निर्भर छन् त्यहाँ मात्र यस प्रक्रियाबाट नुनिलो पानी पिउनेयोग्य बनाइन्छ । शहरमा टङ्कीको पानी पाइपबाट सप्लाइ गरिन्छ । क्लोरिनेशनविना सप्लाइ गरियो भने यो पानी पनि रोगको कारण बन्छ ।
यसरी के देख्छौं भने प्रकृतिमा शुद्ध पानी पाउन मुश्किल छ । अतः हामीले पानी शुद्ध पार्नु नितान्त आवश्यक हुन्छ । मुख्यतः घरमा उमालेर पानी प्रयोग गरिन्छ । आजकाल घरघरमा फिल्टर प्रयोग गरिन्छ । लार्ज स्केलमा यो काम तीन प्रकारले गरिन्छ ः स्टोरेज, फिल्टरेशन र डिस्इन्फेक्शन । नदीको पानी कुनै एक स्थानमा स्टोर गरियो भने ९० प्रतिशत भौतिक अशुद्धि गुरुत्वाकर्षणका कारण सेडिमेन्टको रूपमा निथ्रिन्छ । बाँकी फिल्टरेशन गरिन्छ जसको अनेक विधि छ । डिस्इन्फेक्शनको मतलब क्लोरिनेशन हुन्छ जसमा निश्चित मात्रा पानीमा निश्चित मात्रा क्लोरीन मिसाइन्छ । ओजोन पनि शक्तिशाली आाक्सिडेन्ट हो जसको निश्चित मात्रा प्रवाह गर्दा पानी शुद्ध हुन्छ । क्लोरिनको सट्टा पोटासियम परमैग्नेट पनि उपयोग गरिन्छ तर यसले पानीको रंग, गन्ध र स्वाद नराम्ररी बिगारिदिन्छ ।
अब आउनुस् पानीजन्य रोगबारे पनि जानिराखौं–
पानीमा भाइरस छ भने ः भाइरल हिपैटाइटिस, भाइरल डायरिया र डिसेन्ट्री हुन्छ ।
पानीमा बैक्टेरिया छ भने ः हैजा, डायरिया, डिसेन्ट्री, टायफायड हुन्छ ।
पानीमा कृमि कीटाणु छ भने ः राउन्डवर्म, पिन र थ्रेडवर्म हुन्छ ।
र अन्त्यमा
पानी शरीरले निर्माण गर्दैन । त्यसैले बाहिरको पर्याप्त पानी खाएर शरीरको आवश्यकता पूरा गर्नुपर्छ । प्रायः यो सवाल सोधिन्छ कि पर्याप्त पानी पिउन त भनिन्छ तर कति र कसरी यो काम गर्ने ? यसको जवाफ यो हो कि एक स्वस्थ वयस्क व्यक्तिले प्रत्येक घण्टा एक–एक गिलास पानी खानुपर्छ, एकैपटक एक जग होइन । गिलास चिया खाने पनि हुन्छ र सत्तु खाने ठूलो गिलास पनि । यी दुवै गिलास काम लाग्दैन । २०० वा २५० एमएलको मध्यम साइजको गिलास चाहिन्छ । गर्भवती र स्तनपान गराउने महिलाले १० गिलास पानी पिउनुपर्छ । ६ महीनाको शिशुलाई .७ लिटर, १२ महीना सम्मको लागि .८ लिटर, १ देखी ३ वर्षसम्मको लागि एक लिटर र त्यसपछि ८ वर्षसम्मका लागि १.२ लिटर । १९ वर्ष लागेपछि यो मात्रा २ लिटर पु¥याउनुपर्छ । याद राख्नुस् पानीको यो मात्रा केवल पानीको लागि होइन । आमाको दूध, सत्तु, शरबत, नरीवल पानी र अन्य झोल पदार्थ लिए पनि पानी खाए सरह हुन्छ । वजन घटाउनु छ भने चीसो पानी नखानुस् । चीसो पानी खानु छ भने सुराहीको खानुस् । फ्रिजको पानी र जुसले पाचन गडबड गर्छ । खाना खाएको आधा वा एक घण्टापछि मात्र पानी खानुस् । सिलोटमा मसला पिसेजस्तै पेटमा खाना घोटिइन्छ । मसला पिस्न अलिअलि पानी छ्याप्दै ग¥यो भने पेस्ट राम्ररी तयार हुन्छ । एक गिलास पानी खन्यायो भने पिस्न सकिंदैन । अलिअलि पानी दाल, भात र तरकारीमा त हुन्छ नै । राम्ररी पेस्ट तयार भएपछि आधा एक घण्टापछि मात्र पानी खानुस् ।