प्रस, निजगढ, ८ वैशाख/

निजगढ नगरपालिकामा बिहीवार अन्तरजिल्ला सीमा सुरक्षा समन्वय बैठक सम्पन्न भएको छ ।

जिल्ला प्रशासन कार्यालय, बाराद्वारा आयोजित बैठकको उद्घाटन प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवाल गरेका थिए ।

मधेस प्रदेश, बारा जिल्लाका सीमा र आसपास पर्साका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकाल, रौतहटका कृष्णबहादुर शाही र वाग्मती प्रदेश, मकवानपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी भरतमण्Fि पाण्डेलगायत जिल्लास्थित नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान कार्यालय, नेपाली सेनाका प्रमुखहरू बैठकमा सहभागी थिए ।

सीमा क्षेत्रमा हुने अवैध गतिविधि, लागूऔषध ओसारपसार, आपराधिक घटना, सार्वजनिक सम्पत्तिमाथिको कब्जा, अतिक्रमण, नजीकिंदो स्थानीय निर्वाचन सम्पन्न गर्नका लागि आम नागरिकमा शान्ति सुरक्षा, अमनचयनलगायत सुरक्षाका विविध विषयहरूमा निगरानी बढाउनुपर्ने, नियन्त्रण गर्नुपर्नेलगायतका विषयमा छलफल भएको बताइएको छ ।

कार्यक्रममा निजगढ नपाका प्रमुख सुरेशकुमार खनाल र उपप्रमुख लीलादेवी लामिछानेले स्वागत गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here