प्रस, सेढवा, ७ वैशाख/
वैशाख ३० गते हुने स्थानीय चुनावको चहलपहल सखुवापरसौनी गाउँपालिकामा पनि बढेको छ ।
गापा अध्यक्ष प्रदीप जैसवालले यस पटक पनि सोही पदमा उम्मेदवारी दिने चर्चा छ । जसपाबाट उपाध्यक्ष पदका लागि शर्मिला वशिष्ट महतोको नाम चर्चामा छ भने वडाध्यक्षमा अशोकसाह तेली, चिरञ्जीवी चौधरी, मस्फीत अन्सारी, रूपलाल यादव र मुना राउत कंकडको नाम पनि चर्चामा
छ ।
नेकपा एमालेबाट अध्यक्ष पदमा जसवन्त यादव, उपाध्यक्ष पदमा वर्तमान उपाध्यक्ष फूलमतिदेवी थरूनीको नाम चर्चामा छ । थरूनी गत वर्षको निर्वाचनमा मधेसी जन अधिकार फोरमबाट निर्वाचित भएकी थिइन् । यसपटक उनी एमालेमा प्रवेश गरेर सोही पार्टीबाट चुनाव लड्ने सम्भावना छ । एमालेबाट अध्यक्षमा नाम चर्चामा रहेका जसवन्त यादव गत स्थानीय चुनावमा स्वतन्त्र उम्मेदवार थिए । अहिले उनी एमाले प्रवेश गरेका छन् र सोही पार्टीबाट चुनाव लड्ने चर्चा छ ।
एमालेबाट वडाध्यक्षका लागि वासुदेव महतो, अनुप कुर्मी, हारिक अंसारी, जदु साह, राजकिशोर कायस्थ, इनरदेव महतो, भूपदेव रायको नाम चर्चामा छ । नेपाली काङ्ग्रेसबाट अध्यक्षमा नीलराज गिरी र शैलेन्द्रप्रसाद यादवको नाम चर्चामा छ । उपाध्यक्ष र वडाध्यक्षमा सखुवापरसौनीबाट नेकाबाट धेरैजना आकाङ्क्षी छन् । उनीहरूको नाम सिफारिश र टुङ्गो लगाउने विषयमा निकै रस्साकस्सी भइरहेको छ ।
नेपाल सुशासन पार्टीबाट अध्यक्षमा प्रदीप चौधरी र देवनारायण चौधरीको नाम चर्चामा छ ।