प्रस, भिस्वा, २४ चैत/

छिपहरमाई गाउँपालिकामा विभिन्न दलबाट स्थानीय चुनावमा प्रतिनिधित्वको लागि उम्मेदवारहरूको चर्चा शुरू भएको छ ।

स्थानीय चुनावको घोषणा भएपछि यहाँको राजनीति पनि चुलिएको छ । १७ वर्षपछि भएको गत स्थानीय चुनावमा छिपहरमाई गापाबाट अध्यक्ष र उपाध्यक्षमा नेकपा माओवादी केन्द्रबाट मनोज गुप्ता र मदिना खातुन विजयी भएका थिए ।

नेकपा एमाले र माओवादी केन्द्र मिलेको बेला बनेको नेकपामा रहेका अध्यक्ष, उपाध्यक्ष अहिले एमालेमा छन् । एमालेबाट अध्यक्ष गुप्ता र उपाध्यक्षमा खातुनको नाम चर्चामा छ ।

जनता समाजवादी पार्टीबाट इन्द्रासन साह कलवारको नाम चचर्Fमा छ भने यो चुनावमा नेकपा माओवादी केन्द्रबाट राजीव जयसवाल लड्ने भएका छन् ।

नेपाली काङ्ग्रेसबाट अहिलेसम्म दुईजनाको नाम चर्चामा छ । रामेश्वर महतो केवट र नवीन सिंहको नाम गापा अध्यक्षमा चर्चामा छ । दुईजनामध्ये एकजना गापा अध्यक्षमा लड्ने चर्चा छ ।
यसैगरी, वडाध्यक्षमा मौजीलाल साह, सुखेन साह कानू, शाहरूख मन्सुरी, कृष्ण साह, सचिनकुमार सिंह, महेन्द्र साह कलवार, रामनाथ कुर्मी, विनोद साह कानूलगायतको नाम चर्चामा छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here