कोलम्बो, २४ चैत/सिन्ह्वा

श्रीलङ्काली राष्ट्रपति गोटबाया राजपाक्षेले यहाँको अर्थतन्त्र, दिगो विकास र ऋणसम्बन्धी व्यवस्थाको अध्ययन गरी सुझाव दिनका लागि एक विज्ञ समूह नियुक्त गरेका छन् । श्रीलङ्काली राष्ट्रपतिको कार्यालयले बिहीवार प्रकाशन गरेको एक विज्ञप्तिमा सो कुरा जनाइएको छ । पछिल्लो समयमा श्रीलङ्कामा आर्थिक सङ्कट परेको छ । सो सङ्कट समाधानका लागि उनले यो समूह नियुक्त गरेका हुन् ।

पछिल्ला केही दिनमा आर्थिक सङ्कटमा फसेको श्रीलङ्काका राष्ट्रपतिले हिजो बुधवार राति सो विज्ञ समूह गठन गरेको उनको कार्यालयले प्रकाशन गरेको विज्ञप्तिमा जनाइएको छ । सो समूहमा श्रीलङ्काको केन्द्रीय बैंकका पूर्वगभर्नर, विश्व बैंकका पूर्वप्रमुख, अर्थशास्त्री र आइएमएफका पूर्वनिर्देशक रहेका छन् । उनीहरूले श्रीलङ्काली राष्ट्रपतिसँग यस विषयमा छलफल पनि गरिरहेका छन् ।

हाल आर्थिक सङ्कटमा फसेको श्रीलङ्काका अर्थमन्त्रीले पनि यसअघि नै राजीनामा दिएका छन् । त्यसैगरी, अन्य मन्त्रीहरूले पनि श्रीलङ्काली राष्ट्रपतिसमक्ष सामूहिक राजीनामा दिएका छन् । श्रीलङ्काको आर्थिक क्षेत्रका यी विज्ञहरूको सुझाव र सल्लाहबाट यस देशले आफूलाई आर्थिक सङ्कटबाट बाहिर निकाल्न सकिन्छ कि भन्ने प्रयास गर्ने बताइएको छ ।

श्रीलङ्का आर्थिक सङ्कटमा फसेकोले यसको विकास र उद्धारका लागि विभिन्न उपायहरूको खोजी गरिरहेका बेला श्रीलङ्काली राष्ट्रपतिले नियुक्त गरेको यी विज्ञहरूबाट थप सहयोग पुग्ने अपेक्षा गरिएको यहाँका सञ्चारमाध्यमहरूले जनाएका छन् । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here