प्रस, वीरगंज, २३ चैत/

वीरगंजस्थित भारतीय महावाणिज्य दूतावासका वाणिज्यदूत शैलेन्द्र कुमारले स्थानीय निकायको मेरुदण्डको रूपमा रहेको स्थानीय तहलाई सबैले मजबूत बनाउनुपर्ने बताएका छन् ।

मधेसी पत्रकार समाज नेपालले आयोजना गरेको ‘हीरो अफ दी मधेस’मा छनोट भएकाहरूलाई पुरस्कृत गर्दै वाणिज्यदूत शैलेन्द्र कुमारले

नेपालका अन्य प्रदेशका साथै मधेस प्रदेशको विकासमा भारत सरकार अग्रसर रहेको दाबी गरे । उनले अहिले पनि मधेसमा भारत सरकारको सहयोगमा थुप्रै योजना सञ्चालनमा रहेको र थप योजनाहरू आउने क्रममा रहेको बताए ।

कार्यक्रममा वीरगंज उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष अशोक बैदले सातवटै प्रदेशमध्ये मधेस प्रदेश सबै दृष्टिकोणबाट सक्षम भएको दाबी गरे । उनले यो प्रदेशमा सबैभन्दा बढी औद्योगिक क्षेत्र भएको बताए । पर्यटनको प्रचुर सम्भावना रहेको र प्रचारप्रसारको अभावले यहाँका पर्यटकीय क्षेत्रहरू ओझेलमा परेको बताए ।

कार्यक्रममा वीउवासङ्घका पूर्वअध्यक्ष अशोक टेमानी, डा दीपक शाक्य, सञ्जय यादव, विपिन वर्णवाललगायतले मन्तव्य व्यक्त गरेका थिए ।

२२ जिल्लामा विभिन्न विधामा ख्याति कमाएका र मधेसको पहिचान बनाउन भूमिका खेलेका व्यक्तिहरूलाई कार्यक्रममा पुरस्कृत गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here