प्रस, वीरगंज, १६ चैत/

नेपाल पत्रकार महासङ्घको ६७औं स्थापना दिवस वीरगंजमा मनाइएको छ । नेपाल पत्रकार महासङ्घ, पर्साले सो अवसरमा प्रभातफेरीको आयोजना ग¥यो ।

घण्टाघरबाट निस्केको प्रभातफेरी नगर परिक्रमापछि सोही ठाउँमा पुगी कोणसभामा परिणत भएको थियो । कोणसभामा नेपाल पत्रकार महासङ्घका सचिव दीपेन्द्र चौहान, प्रदेश महासचिव श्याम बन्जारा र शाखा अध्यक्ष अनुप तिवारी, प्रेस युनियन पर्साका अध्यक्ष रामनाारयण कुर्मी, समाजवादी प्रेस सङ्गठनका अध्यक्ष नरेश पटेल, पूर्व सभापति शङ्कर खतिवडाले मूल्यनिष्ठ पत्रकारिता गर्न पत्रकारहरूलाई सुझाएका थिए ।

उनीहरूले पत्रकार महासङ्घ सबै पत्रकारहरूको साझा संस्था भएकोले यसको गरिमा उच्च बनाउने कार्यमा सबै पत्रकारहरूको समान सहभागिता आवश्यक रहेको बताए । पछिल्लो चरणमा सञ्चार क्षेत्रमा आमूल परिवर्तन आएको र त्यसको बहुआयामिक पक्षको मनन गर्दै समाचार सम्प्रेषण गर्न आग्रह गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here