प्रस, वीरगंज, १० चैत/

जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य टेकबहादुर शाक्यले बिहीवार पत्रकार सम्मेलन गरी मधेस प्रदेश सरकारले ठोरीवासीप्रति देखाएको उदार नीतिको स्वागत गरेका छन् ।

नेपाल पत्रकार महासङ्घ, पर्सा शाखामा आयोजित पत्रकार सम्मेलनमा नेता शाक्यले मधेस प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठक चैत ११ गते ठोरीमा बसेर ठोरीलाई पर्यटकीय स्थलको रूपमा विकास गर्ने घोषणा कार्यक्रम रहेको जानकारी दिए । नेता शाक्यले ठोरीमा जन्मेका व्यक्तित्वहरूलाई सम्मान कार्यक्रमको आयोजना गरिने बताए ।

विगतमा पिछडिएको ठोरी गापामा सडकसहित अन्य पूर्वाधार बन्न थालेपछि ठोरीबाट पलायन हुने सङ्ख्या कम हुने बताए । ठोरीमा उब्जाउ जमीन कम रहेकाले त्यहाँ बसोबास गर्ने व्यक्तिहरूलाई खानसमेत नपुग्ने भएकोले मधेस सरकारले पर्यटकीय स्थलको रूपमा ठोरीलाई विकास गर्नुपर्नेमा जोड दिए ।

मधेस प्रदेश सरकारले आठ जिल्लामध्ये पहिलोचोटि पर्साको ठोरीलाई पर्यटकीय स्थलको रूपमा गुरूयोजना बनाएर अगाडि बढ्दै प्रसिद्ध रामभौरीभाठालाई पनि जो्डने योजना रहेको उनले जानकारी गराए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here