प्रस, वीरगंज, १० चैत/
विश्व क्षयरोग दिवस वीरगंजमा कार्यक्रमको आयोजना गरी मनाइएको छ । दिवसको अवसरमा स्वास्थ्य कार्यालय, पर्साले विभिन्न सङ्घसंस्थाको सहकार्यमा ¥याली निकालेको थियो ।
वीरगंजको घण्टाघरबाट ‘क्षयरोग अन्त्यका लागि लगानी बढाऔं, जीवन बचाऔं’ भन्ने यस वर्षको नारासहित निकालिएको ¥यालीमा सहभागीहरूले ‘प्रत्यक्ष निगरानीको उपचार, क्षयरोग अन्त्यको प्रमुख आधार’, ‘दुई हप्ते खोकी–कतै क्षयरोग पो हो कि ?’ जस्ता नारा लेखिएका प्लेकार्ड लिएर नगरपरिक्रमा गरेका थिए ।
¥याली नारायणी अस्पतालमा पुगेर कोणसभा गरी समापन भएको थियो । कोणसभामा स्वास्थ्य कार्यालयका सङ्क्रमण अधिकृत विनोद झाले पर्सा जिल्लामा क्षयरोगीको सङ्ख्या आशाप्रदरूपमा सङ्कलन हुन नसकेको बताए । उनले अनुमान गरिएभन्दा आधा मात्र रोगीहरू देखिएको र अन्य रोगीहरूको खोजीका लागि सङ्घसंस्थाहरूसँग आग्रह गरे । सम्बन्धित पालिकाहरूले यस विषयमा चनाखो भएको खण्डमा क्षयरोगीहरूको खोजीमा सहजता हुने उनले बताए ।
कार्यक्रममा बालकिशोर यादव, महानगरका स्वास्थ्य शाखा अधिकृत सुमनचन्द्र ठाकुरलगायतले मन्तव्य व्यक्त गरेका थिए ।