प्रस, वीरगंज, २ चैत/

ऊर्जामन्त्री पम्फा भुसालले शहीदहरूको शहादतका कारण देशमा ठूलो परिर्वतन आएको बताएकी छन् ।

मधेस प्रदेश सरकारले जनयुद्धमा शहीद भएकाहरूको परिवारलाई सम्मान तथा चेक वितरण कार्यक्रममा मन्त्री भुसालले शहीद कहिले पनि नमर्ने र  अमर रहिरहने बताइन् । उनले सरकारले जहिले पनि शहीद परिवारलाई उच्च दृष्टिकोणले हेर्दै आएको बताइन् । नेपालका सम्पूर्ण शहीदका परिवारले पाउने राहतमा एकमुस्ट लगानी गरी स्थायीरूपमा सहयोग हुने गरी योजना बनाइरहेको बताइन् ।

मधेश प्रदेशका सञ्चारमन्त्री भरत साहको सभापतित्वमा भएको कार्यक्रममा नेकपा माओवादीका जिल्ला इन्चार्ज विजय महतो, जिल्ला संयोजक रामदरश कुशवाहा, सचिव बालेश्वर दहित थारू, प्रदेशसदस्य छोटेलाल यादव, प्रदेशसभा सदस्य पश्मिना कादरी, जिल्ला सदस्य टुनटुन तिवारी, रूपनारायण सिंह, महानगर अध्यक्ष सब्बाह अन्सारी, सचिव नन्दकिशोर पञ्जियार, सहसचिव मनोज यादव, नुरुलहोदा आलम, महमुद आलम, महानगर उपाध्यक्ष रामबाबू मण्डललगायतले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा १८ जना शहीद परिवारलाई जनही रु एक लाखको चेक तथा सम्मानपत्र प्रदान गरिएको थियो ।

पर्सा जिल्लाका ढोडियादेवी थरुनी, चन्दादेवी राम, विष्णुमाया नेपाल, छठिया देवी, उमादेवी लामिछाने, जशोदा सापकोटा, मीनादेवी थरुइन, दुरपतिदेवी थरुइन, अञ्जना श्रेष्ठ, माइली तामाङ, कान्छी लामा, देवमाया आचार्य, कलावती राय, दीपकबहादुर राई, कृष्ण राई, जमुनादेवी राजपूत, सुदर्शनराज पाण्डे, सावित्री बस्नेतलगायतलाई जनही रु एक लाखको चेक वितरण गरिएको थियो ।

विद्युतीय चुलो प्रयोग गर्न ऊर्जामन्त्री भुसालको अनुरोध

प्रस, जीतपुर/

ऊर्जामन्त्री पम्फा भुसालले नेपालमा विद्युत्को अभाव नभएको बताएकी छन् ।

नेकपा माओवादी केन्द्र जीतपुरसिमरा उपमहानगर कमिटी, सिमराले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा मन्त्री भुसालले विद्युत् नपुगेको स्थानमा चाँडै विद्युत् पु¥याइने बताइन् । उनले नेपाल विद्युत् प्राधिकरणका प्रमुख, कर्मचारी तथा प्राविधिकले नसुने हामीलाई जानकारी दिन आग्रह गरिन् ।

हाल २० युनिटसम्म विद्युत् खपत गर्ने ग्राहकलाई छुट दिएको बताउँदै उनले यसबाट मुलुकका साढे २६ लाख ग्राहक लाभान्वित भएको बताइन् । उनले कृषि उत्पादन तथा रोजगार वृद्धिको लागि खेतीयोग्य जग्गामा सिंचाइको लागि विद्युत् महसूलमा ५० प्रतिशत छुट दिइएको बताइन् । उनले विद्युतीय चुलोको प्रयोग गरी ग्याँसलाई विस्थापित गर्नुपर्नेमा जोड दिइन् ।

मन्त्री भुसालले नेपाली जनतालाई पर्याप्त मात्रामा बिजुली दिन नेपाल विद्युत् प्राधिकरण सक्षम रहेको बताइन् । उनले एमाले अध्यक्ष केपीशर्मा ओलीलाई बढार्ने काममा माओवादी केन्द्र जोसँग पनि सहकार्य गर्न तयार रहेको बताइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here