प्रस, वीरगंज, २६ फागुन/
प्रधानमन्त्री शेरबहादुर देउवाले देशलाई विकसित बनाउन घरेलु तथा साना उद्योगको ठूलो हात रहेको बताएका छन् ।
बिहीवार वीरगंजमा नेपाल घरेलु तथा साना उद्योगको २५औं महाधिवेशनको उद्घाटन गर्दै उनले घरेलु तथा साना उद्योगले नेपालमा खेलेको भूमिका महŒवपूर्ण भएको बताउँदै रोजगार सिर्जना गरेकोमा धन्यवाद दिए ।
प्रम देउवाले उद्योग क्षेत्रलाई शान्ति क्षेत्र बनाउन सरकार लागिपरेको र सरकारले लघु उद्योग विकासको लागि विभिन्न योजनासमेत ल्याएको बताए । उनले कोभिडको कारण समस्यामा परेका लघु तथा ठूला उद्योगहरूको समस्या समाधानका लागि महासङ्घसँग सरकारले छलफल गर्ने बताए । उनले सीमित स्रोत साधनका बीच लघु उद्योगले नेपालमा रोजगार सिर्जना गर्नुका साथै महिलाहरूलाई पनि सहभागी गराएको बताए । साना उद्योगले कुल गार्हस्थ्य उत्पादनमा महŒवपूर्ण सहयोग गरेको तथ्याङ्कले देखाएको उनको भनाइ थियो ।
प्रम देउवाले औद्योगिकीकरण नभएसम्म मुलुकले विकास नगर्ने र विदेशी दातृसंस्थालाई पनि यस कार्यमा सहयोग गर्नुपर्नेमा जोड दिए । उनले महिला आपैंm स्वरोजगार भएमा मुलुक चाँडै विकासतर्फ अग्रसर हुने उनको भनाइ थियो ।
कार्यक्रममा अन्य वक्ताहरूले नेपाल सरकारको नीतिका कारण उद्योग, व्यवसाय चौपट भएको बताए । बैंकले साना उद्यमीहरूलाई ऋण नदिने र ठूला उद्योगीहरूलाई अर्बौंको ऋण दिने प्रक्रिया तत्काल रोक्नुपर्ने माग गरे । भन्सारको झन्झटिलो प्रक्रिया, कच्चा पदार्थको अभावसँगै विद्युत्को समस्याका कारण उद्योगहरूको अवस्था दिन प्रतिदिन खस्किंदै गएको बताए । वक्ताहरूले उद्योगीको पक्षमा नेपाल सरकार नरहेको र कर उठाउन मात्र ध्यान दिएको कारण उद्योगी–व्यवसायीहरू मर्कामा परेको बताए ।
महासङ्घका अध्यक्ष श्यामप्रसाद गिरीको अध्यक्षतामा भएको कार्यक्रममा खानेपानी तथा ऊर्जामन्त्री उमाकान्त चौधरी, प्रदेशमन्त्री ओमप्रकाश शर्मा, वीरगंज महानगरपालिकाका प्रमुख विजयकुमार सरावगी, महासङ्घका उपाध्यक्ष शिव उपाध्यायलगायतले मन्तव्य व्यक्त गरेका
थिए । कार्यक्रमको सञ्चालन महासङ्घका सचिव डम्बर रेग्मीले गरेका थिए ।
अध्यक्ष गिरीले औपचारिक कार्यक्रमपछि दुई दिने अधिवेशनको पहिलो दिन आज सहमतिमा समिति बनाउने र सहमति नभए निर्वाचन प्रक्रियामा जाने जानकारी गराएका थिए ।