प्रस, पोखरिया, २६ फागुन/

लोकतान्त्रिक समाजवादी पार्टी, पर्साले पोखरिया नगरपालिका तथा प्रदेश सरकारविरुद्ध बिहीवार प्रदर्शन गरेको छ । लोकतान्त्रिक समाजवादी पार्टीका नेता नेजामुद्दीन समानीको नेतृत्वमा आज बिहान पोखरिया अस्पतालमा प्रदर्शन गरिएको थियो ।

पोखरिया अस्पतालमा शल्यक्रिया कक्ष, आइसियू, एनआइसियू सञ्चालनको लागि आवश्यक उपकरण र औषधि खरीद नगरेको, स्वास्थ्य बीमा गराएकाहरूलाई औषधि तथा उपचार सेवा नदिएको, आवश्यक केमिकलको अभावमा मेशिन सञ्चालन नभएको, बिरामीहरूलाई भर्ना नगरिएको भन्दै प्रदर्शनकारीले प्लेकार्डसहित प्रदर्शन गरेका थिए ।

नेता समानीले प्रदेश सरकारले ५० शøयाको अस्पताल घोषणा गरी उपकरण पठाए पनि हालसम्म जनशक्ति नपठाएको, पोखरिया माविलगायत विभिन्न विद्यालयहरूको समस्या समाधान नगरेको, पोखरियामा मालपोत कार्यालय, भूमिसुधार, नापी तथा जिल्ला प्रशासन कार्यालयका शाखा स्थापनाको लागि पहल नगरेको भन्दै दबाबस्वरूप प्रदर्शन गरिएको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here