प्रस, वीरगंज, २० फागुन/
महिला तथा किशोरीमाथि हुने हिंसाविरुद्ध लडाइँ परियोजना अन्र्तगत अन्तर्राट्रिय महिला दिवस–२०७८ को अवसरमा बालविवाह तथा अन्य हानिकारक अभ्यास विषयक एक दिने अन्तक्र्रिया शुक्रवार पटेर्वासुगौली गाउँपालिकामा सम्पन्न भएको छ ।
दलित महिला केन्द्र नेपालको आयोजनामा भएको अन्तक्र्रियामा महिला तथा किशोरीहरूमाथि हुने भेदभावका कारक तŒव अशिक्षा रहेको गापाकी उपाध्यक्ष ममता महतो थारूले बताइन् । उनले महिलामाथि बढ्दो हिंसालाई रोक्न समाजअगाडि बढ्नुपर्नेमा जोड दिइन् । विगतको तुलनामा अहिले महिला हिंसाका घटनामा कमी आएको उनले बताइन् । हिंसाविरुद्ध जनचेतनामूलक कार्यक्रमको आयोजना गरी स्थानीय सरकार महिला तथा किशोरीहरूलाई हिंसाबाट जोगाउन प्रयासरत रहेको उनको भनाइ छ ।
संस्थाका कार्यकारी निर्देशक तेजेन्द्र लामाले यो कार्यक्रम मधेस प्रदेशका बारा, पर्सा तथा सप्तरी जिल्लामा सञ्चालनमा रहेको बताए । मधेसमा महिला हिंसाका घटनामा वृद्धि हुन थालेपछि यो कार्यक्रम गरिएको उनले बताए । उनले सखुवाप्रसौनी तथा ठोरी गापामा कार्यक्रम लागू गर्ने
बताए । उनले कोही महिला हिंसामा परे टोल फ्री नम्बरमा निश्शुल्क फोन गरे तत्काल उद्धार गरिने बताए ।
बालविवाह, बहुविवाह तथा महिला हिंसासम्बन्धी कानूनी व्यवस्था तथा दण्ड सजायबारे चन्द्रिकाप्रसाद पटेलले जानकारी गराएका थिए । अधिकृत रविना लुइँटेलले कार्यक्रमबारे प्रकाश पारेकी थिइन् भने सहजीकरण नीलाकुमारी रामले गरेकी थिइन् ।