मस्को, २० फागुन/सिन्ह्वा
रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले रूसले युक्रेनमा गरेको आक्रमण योजना अनुरूप नै भएको बिहीवार बताएका छन् । उनले भनेका छन्– युक्रेनमाथिको विशेष सैन्य कारबाई हामीले योजना अनुसार नै गरेका हौं, त्यसको तयारी हामीले गरेका थियौं ।रसियाको सुरक्षा परिषद्को एक बैठकमा उनले बिहीवार सो धारणा राखेका हुन् । उनले हामीले तोकिएको काम गरेका छौं र त्यो राम्रोसँग अर्थात् सफलतापूर्वक सम्पन्न पनि गरेका छौं, उनले भनेका छन् । उनले रूसले युक्रेनमाथि गरेको हमलामा रूसी सेनाले साहसपूर्वक काम गरेको पनि बताए ।
उनले भने– रूसी सेनाले ठूलो काम गरेको छ, निकै साहसी काम गरेको छ, हामी त्यसैले सफल भएका छौं । रूसको सीमा क्षेत्रमा पश्चिमाहरूबाट खतरा देखिएको तथा रूसलाई पनि आणविक खतरा देखाइएको भन्दै यसका कारण रूसले युक्रेनमा विशेष सैन्य कारबाई गरेको उनले बताए ।
रूसले गत हप्तादेखि नै युक्रेनमा हमला जारी राखेको छ । बिहीवार रातिसम्म पनि राजधानी युक्रेन र अन्य कतिपय शहरहरूमा रूसी सेनाले हमला जारी नै राखेको बताइएको छ । रासस