प्रस, वीरगंज, १३ फागुन/

नेपाली काङ्ग्रेस पर्साको पालिकास्तरीय निर्वाचनको लागि शुक्रवार महानगर, नगर र ठोरी गाउँपालिकामा उम्मेदवारी दर्ता भएको छ। वीरगंज महानगर सभापतिको लागि तीनजनाको उम्मेदवारी परेको छ।

दीपेन्द्र चौहान, राधेश्याम चौरसिया र मणिन्द्रलाल श्रेष्ठ (नेपाली)को उम्मेदवारी परेको निर्वाचन अधिकृत नरेन्द्र केसीले बताए। हिजो बिहीवारदेखि आज दिउँसो १ बजेसम्म उम्मेदवारी दर्ताको समयसीमामा डेढ घण्टा थप गरी अढाई बजेसम्म समय निर्धारण गरिएको थियो। वीरगंज महानगरको सभापतिमा धेरैजनाको नाम चर्चामा आए पनि अन्तिम समयमा तीनजनाले मात्र दर्ता गराएका छन्।

बलिराम शुक्ला, बिरुवागुठी/

पर्सागढी नगरपालिकामा तीनजना र बहुदरमाई नगरपालिकामा दुईजनाले सभापति पदमा उम्मेदवारी दिएका छन्। पर्सागढी नपाका निर्वाचन अधिकृत प्रदीपकुमार जयसवालले विश्वमोहन दास थारू, जङ्गबहादुर दास थारू र घनश्याम चौधरीले उम्मेदवारी दिएको बताए। पर्सागढी नपामा सभापति पदका लागि नौजना आकाङ्क्षी थिए। उनीहरूबीच सहमति हुन नसकेपछि छजनाले उम्मेदवारी दिएनन् र तीनजना चुनावी मैदानमा होमिएका छन्।

बहुदरमाई नपाका निर्वाचन अधिकृत अशोक साहले दुईजनाको उम्मेदवारी परेको बताए। डा प्रमोद कुशवाहा र रामानन्दराउत अहिरले उम्मेदवारी दिएका छन्।

चिरञ्जीवी सापकोटा, ठोरी/

ठोरी गापामा दुईजनाले सभापतिमा उम्मेदवारी दिएका छन्। रामकृष्ण पन्तले हिजो र मीनबहादुर (सन्तोष) श्रेष्ठले आज उम्मेदवारी दर्ता गराएका हुन्। एकजना सभापति, दुई/दुईजना उपसभापति, सचिव र सहसचिव तथा बाँकी सदस्य गरी ३२ पदमा निर्वाचन हुनेछ। ठोरीमा भने मीनबहादुर श्रेष्ठ पक्षधर १३ जना सदस्य निर्विरोध भएका छन्। यहाँ १९ पदको लागि निर्वाचन हुनेछ।

निर्वाचनमा गुटबन्दी

पर्सा जिल्लाको निर्वाचनमा पनि महाधिवेशनको रङ देखिएको छ। सभापति शेरबहादुर देउवा र पराजित शेखर कोइराला पक्ष्Fबाट उम्मेदवारी दर्ता भएको छ।

वीरगंज महानगरमा राधेश्याम चौरसियाले देउवा पक्षबाट र मणिन्द्रलाल श्रेष्ठले कोइराला पक्षबाट उम्मदेवारी दिएका छन्।

पर्सागढी नगरपालिकामा देउवा पक्षबाट विश्वमोहन दास थारू र कोइराला पक्षबाट घनश्याम चौधरीले उम्मेदवारी दिएका हुन्।

बहुदरमाईमा रामानन्दराउत अहिर देउवा पक्ष र डा प्रमोद कुशवाहा कोइराला पक्षका उम्मेदवार हुन्।

ठोरीमा मीनबहादुर (सन्तोष) श्रेष्ठ देउवा पक्षीय र रामकृष्ण पन्त कोइराला पक्षीय उम्मेदवार हुन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here