गम्भीरा सहनी, जीतपुर, १२ फागुन/

वीरगंज–पथलैया छ लेन सडक निर्माण कार्य ८२.६६ प्रतिशत सम्पन्न भएको छ । ३१.२८ किलोमिटर दूरीको यो सडक चैत मसान्तसम्म निर्माण पूरा गरिने व्यापारिक मार्ग विस्तार योजना वीरगंज–पथलैया सडक कार्यालय, पथलैयाका सूचना अधिकारी इन्जीनियर सञ्जीवकुमार गुप्ताले बताए ।

पथलैयाचोक–सूर्य नेपाल–सिमरा ४.५६ किलोमिटर सडकको ९४ प्रतिशत निर्माण कार्य सम्पन्न भएको इ. गुप्ताले बताए । सूर्य नेपाल सिमरा–आर्मी क्याम्प जीतपुरसम्म ५.८० किमी सडक निर्माण कार्य ६५ प्रतिशत सम्पन्न भएको उनले बताए ।

त्यस्तै आर्मी क्याम्प–परवानीपुर ५.८० किलोमिटर सडकको निर्माण ८६.८४ प्रतिशत, परवानीपुर–गण्डकचोक ४.२४ किलोमिटर ८८.३७ प्रतिशत, परवानीपुर–गण्डक नहर ३.९२ किमी सडक ८३ प्रतिशत, हरपतगंज–श्रीसिया सुक्खा बन्दरगाह ३.५० किमी सडक ७२ प्रतिशत निर्माण कार्य भएको उनले बताए ।

२०७३ असार २९ गते वीरगंज–पथलैया ६ लेन सडक निर्माणको सम्झौता भएकोमा साउनदेखि काम शुरू भएको थियो ।

३० महीनाभित्र निर्माण कार्य सम्पन्न गर्ने योजना थियो तर प्राविधिक, राजनीतिक, कोरोना सङ्क्रमणको कारण काम अवरुद्ध भई यही २०७८ चैत मसान्तभित्र निर्माण कार्य पूरा गर्ने अन्तिम सहमति भएको सूचना अधिकारी गुप्ताले बताए । उनले सो सडक निर्माणमा हालसम्म ४ अर्ब ३८ करोड २८ लाख ७० हजार खर्च भएको जानकारी दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here