प्रस, वीरगंज, १३ माघ/

नारायणी अस्पतालको पिसिआर प्रयोगशालाले बुधवार र बिहीवार दुई दिनमा २९ जना सङ्क्रमित पुष्टि गरेको छ । अस्पतालका कोभिड संयोजक डा उदयनारायण सिंहले बुधवार ४१ जनाको पिसिआर परीक्षण गर्दा १८ जना सङ्क्रमित पुष्टि भएको बताए ।

उनले पाँचजना महिला र १३ जना पुरुष सङ्क्रमित पुष्टि भएको र उनीहरूको उमेर एकदेखि ७७ वर्षसम्म रहेको बताए । सङ्क्रमित पुष्टि हुनेमा रौतहटका एक, बाराका सात र पर्साका १० जना छन् ।

बिहीवार ३५ जनाको पिसिआर परीक्षण गरिएकोमा पाँचजना महिला र छजना पुरुष गरी ११ जना सङ्क्रमित पुष्टि भएको डा सिंहले बताए । उनले तीनदेखि ७२ वर्ष उमेरसम्मका सिराहा र रौतहटका एक/एक, बाराका तीन र पर्साका छ जना सङ्क्रमित रहेको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here