प्रस, वीरगंज, १३ माघ/

वीरगंज महानगरपालिकाले भुस्याहा कुकुरलाई रेबिजविरुद्ध खोप दिने तथा बन्ध्याकरण गर्ने अभियान सञ्चालन गर्दैछ । वीरगंज महानगरपालिका पशु केन्द्र र बिन्दु आमा फाउन्डेशनको सहकार्यमा महानगरले माघ १० गतेदेखि शुरू गर्ने यो अभियान कोरोनाको कारण थप केही दिनपछि शुरू हुने भएको छ ।

बिन्दु आमा फाउन्डेशनकी सदस्य प्रतिभा कोइरालाले कोरोनाको कारण केही दिन विलम्ब हुन गएको बताइन् । उनले एकाध दिनमैं यो अभियान शुरू हुने बताइन् । महानगरको ३२ वटा वडामा करीब १० हजार भुस्याहा कुकुर रहेको अनुमान रहेको कोइरालाको भनाइ छ ।

वडा नं ४ मा मात्र ५ सय हाराहारी भुस्याहा कुकुर रहेको उनले बताइन् । अहिले सो क्षेत्रको केही ठाउँमा कुकुरलाई आकर्षित गर्ने कार्य जारी रहेको वडाध्यक्ष जगतसाह कानूले बताए । उनले अहिले कुकुरलाई बिहान–बेलुका खाना खुवाएर आकर्षित गर्ने काम भइरहेको बताए ।

दैनिक सयको हाराहारीमा कुकुरलाई खाना खुवाउने काम भइरहेको वडाध्यक्ष साहले बताए ।
बिन्दु आमा फाउन्डेशनकी सदस्य प्रतिभा कोइरालाले रेबिजविरुद्ध प्रतिखोप रू एक सय र बन्ध्याकरणका लागि ३ देखि ५ हजार खर्च निर्धारण गरिएको बताइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here