प्रस, वीरगंज, १३ माघ/

जिल्ला प्रशासन कार्यालय पर्सा र वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, पर्साको संयुक्त टोलीले वीरगंजका विभिन्न पसलको बिहीवार अनुगमन गरेको छ ।

उपभोक्ता संरक्षण कार्यालयका अधिकृत दीलिपखङ्ग खत्वे नेतृत्वको टोलीले बसपार्कस्थित विभिन्न पसलको अनुगमन गरेको थियो । मनकामना गेस्ट हाउसमा अनुगमन गर्दा फोहर तथा खाना/खाजा र पेय पदार्थको म्याद गुज्रिसकेको भेटिएको थियो ।

सो गेस्ट हाउसबाट १३८ वटा म्याद गुज्रिएका बियर बरामद भएपछि नष्ट गरिएको अधिकृत खत्वेले जानकारी गराए ।

अनुगमनमा जिप्रका, पर्साका प्रतिनिधि शिवमङ्गल यादव, वीरगंज उद्योग वाणिज्य सङ्घका प्रतिनिधि मनोजकुमार दासलगायतको सहभागिता थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here