त्रिपोली, १३ माघ/सिन्ह्वा

लिबियाका लागि संयुक्त राष्ट्रसङ्क्रघका महासचिवका विशेष सल्लाहकार स्टेफनी विलियम्सले यहाँका राजनीतिक दलहरूलाई देशमा आम निर्वाचनको स्पष्ट समय रेखा तय गर्न आह्वान गरेका छन् ।

विलियम्सले बुधवार दक्षिणी शहर सभाको नगर परिषद्का प्रतिनिधिहरूसँगको भेटमा उक्त टिप्पणी गरेका हुन् । बैठकमा शिक्षाविद्, प्रतिष्ठित व्यक्तित्व र युवा तथा महिला समूहका प्रतिनिधिहरूको सहभागिता थियो ।

“आजको मेरो भ्रमण सभाका मानिसहरूलाई आमनेसामने भेट्ने मेरो दृढ सङ्कल्पको अभिव्यक्ति थियो र उनीहरूका सरोकार र विचारहरू विशेष गरी लिबियाको राजनीतिक भविष्य र त्यसमा कसरी संयुक्त राष्ट्रसङ्क्रघले उनीहरूलाई शान्तिको खोजीमा मदत गर्न सक्छ भन्नेबारे छलफल गर्नु थियो ।

“सभा नगरबाट मैले प्रतिनिधिसभा, राज्यको उच्च परिषद्, राष्ट्रिय एकताको सरकार र अन्य सम्बन्धित निकाय र दलहरूलाई आफ्ना जनताको इच्छा सुन्न र निर्वाचनलाई दृढताका साथ अघि बढाउन आह्वान गरेको छु ।

सहमतिको बाटो र स्पष्ट समयरेखामार्फत जसले छोटो सम्भावित समय सीमामा चुनाव गराउन सक्छ, त्यसबारे छलफल गर्नुहोस्”– विलियम्सले भने । लिबियामा गत वर्ष डिसेम्बर २४ मा राष्ट्रपति निर्वाचन हुने अपेक्षा गरिएको थियो तर प्राविधिक र कानूनी कारणले निर्वाचन अनिश्चितकालका लागि स्थगित भएको निर्वाचन आयोगले जनाएको छ ।

चुनाव संयुक्त राष्ट्रसङ्घ–प्रायोजित लिबिया राजनीतिक संवाद फोरमद्वारा अँगालिएको रोडम्यापको एक हिस्सा हो जुन वर्षौंको राजनीतिक विभाजन र असुरक्षापछि लिबियामा स्थिरता ल्याउने उद्देश्यले निर्देशित छ । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here