प्रस, गरुडा, ६ माघ/

आधुनिक सञ्चार तथा प्रविधिसित जोड्न महिला स्वास्थ्य स्वयंसेविकालाई रौतहटको मौलापुर नगरपालिकाले निश्शुल्क मोबाइल सेट प्रदान गरेको छ ।

नगरका सम्पूर्ण महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मान गर्दै ४५ जनालाई स्मार्ट मोबाइल फोन सेट प्रदान गरिएको नगरप्रमुख रीनाकुमारी साहले जानकारी गराएकी छन् । नगरपालिका क्षेत्रभित्र निस्स्वार्थरूपमा क्रियाशील महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई सम्मान गर्दै प्रोत्साहनको लागि स्मार्ट मोबाइल फोन सेट उपलब्ध गराएको नगरप्रमुख साहको भनाइ छ ।

गत हप्ता कक्षा १२ मा अध्ययनरत मौलापुरका छात्राहरूलाई नगरपालिकाले ७० थान ल्यापटप प्रदान गरेको थियो । स्मार्ट मोबाइल फोन सेटले महिला स्वास्थ्य स्वयंसेविकाको आत्मसम्मानमा पनि वृद्धि हुने विश्वास आफूले लिएको नगरप्रमुख साहको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here