प्रस, वीरगंज, २ माघ/

ठFेरी गाउँपालिका–३ बुद्धनगर तल्लो टोलमा सिंचाइ तथा खानेपानी डिप बोरिङ शिलान्यास गरिएको छ । गापा अध्यक्ष पद्मलाल श्रेष्ठले आइतवार आयोजित कार्यक्रममा बोरिङ शिलान्यास गरेका हुन् ।

गाउँपालिकाको अनुदान सहयोगमा १० इन्चको डिप बोरिङ जडान शुरू भएको स्थानीय युवा अगुवा शिवराम खड्काले जानकारी गराए । उक्त योजनाबाट बुद्धनगर, हुलाकी सडकभन्दा दक्षिणतर्फको क्षेत्रका कृषकलाई प्रत्यक्ष लाभ पुग्ने पालिका अध्यक्ष श्रेष्ठले बताएका छन् ।

हाल ओडार मुहान र ठोरी मुहानबाट समेत सिंचाइ पानी आइरहेको उक्त क्षेत्रमा सुख्खा खडेरी र भल–बाढीको बेला सिंचाइमा अवरोध हुने गरेको छ । कतिपय अवस्थामा सिंचाइ अभावको कारण असारे रोपाइँसमेत स्थगित गर्नुपरेको युवा अगुवा खड्का बताउँछन् ।

डिप बोरिङ्ग जडान भएपछि उक्त समस्याबाट सो क्षेत्रका किसानले मुक्ति पाउने उनले बताए ।
बुद्धनगर तल्लो क्षेत्रमा जडान हुने डिप बोरिङले सो आसपासका क्षेत्र र बुद्धनगर माथिल्लो टोल र रामनगरका कृषकलाईसमेत अप्रत्यक्ष फाइदा पुग्ने पालिका अध्यक्ष श्रेष्ठको भनाइ छ । कुनै पनि एक क्षेत्रमा पानीको पर्याप्तता भएमा नहर सञ्जाल जोडिएका छिमेकी किसानलाई फाइदा पुग्ने व्यावहारिक भएको उनको तर्क छ ।

कुखुरा पालनका लागि कैयन प्रयासका बावजुद किसानहरूले भनेजस्तो सफलता पाउन नसकेको उक्त क्षेत्रमा बोरिड्ढो पानी उपलब्धता पछि कुखुरा पालन फस्टाउने र यसले स्थानीय कृषकको जीवनस्तर उकास्न महŒवपूर्ण योगदान पुग्ने अध्यक्ष श्रेष्ठको विश्वास छ । ब्रोइलर कुखुरालाई नहर वा मुहानको पानी अफाप हुने र रोगहरूको सङ्क्रमण बढने हुँदा डिप बोरिङ वा चापाकलको पानी उपयुक्त हुने उनले सुझाएका छन् ।

सो अवसरमा ठोरी वडा नं. ३ का वडा अध्यक्ष सूर्यबहादुर लामा, नेकपा माओवादी ठोरी पालिका कमिटीका अध्यक्ष निमा लामा, युवा अगुवा टीका श्रेष्ठ, पूर्व जनमुक्ति सेनाका नातिकाजी सुनारलगायतको सहभागिता थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here