प्रस, वीरगंज, ३० पुस/

वीरगंज उद्योग वाणिज्य सङ्घले  सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खड्काको बिदाइ गरेको छ।

शुक्रवार सङ्घमा आयोजित कार्यक्रममा अध्यक्ष सुबोध गुप्ताले प्रउ  खड्काको कार्यकाल सफल भएको दावी गरे। उनले तस्करी नियन्त्रण, अवैध कारोबारविरूद्धको कारबाईमा खड्काले देखाएको भूमिकाको प्रशंसा गरे। सो अवसरमा उनले सशस्त्र प्रहरीलाई ८ हजार पिस मास्क र २ हजार पिस सेनिटाइजर हस्तान्तरण गरेका थिए।

बिदाइ कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घ, प्रदेश २ का अध्यक्ष गणेश लाठ, सङ्घका पूर्वअध्यक्ष अशोक बैद, वरिष्ठ उपाध्यक्ष अनिलकुमार अग्रवाल, उपाध्यक्षद्वय हरि गौतम र माधव राजपाल, कोषाध्यक्ष गोविन्द साह, सहसचिव अनोज रूँगटालगायतका पदाधिकारीहरूको सहभागिता थियो।

यसैगरी सशस्त्र प्रउ खड्कालाई ग्रीन सिटी सामुदायिक सेवा केन्द्रले बिदाइ गरेको छ। शुक्रवार बिहान कार्यक्रमको आयोजना गरी खड्काको बिदाइ गरिएको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here