प्रस, वीरगंज, २९ पुस/

वीरगंज महानगर–६ त्रिभुवन हनुमान माविका विद्यार्थीहरूले कोरोना सङ्क्रमण बढिरहेको बेला पनि परीक्षा लिएको भन्दै प्रदर्शन गरेका छन् ।

सो विद्यालयमा अर्धवार्षिक परीक्षा सञ्चालन भइरहेको र आज दिउँसो १ बजेको परीक्ष्Fामा विद्यार्थीहरूले कोरोना सङ्क्रमण बढ्दा पनि परीक्षा सञ्चालन गरिएको भनेर प्रधानाध्यापकमाथि हातपात गरेका थिए ।

प्रधानाध्यापकमाथि हातपात भएपछि वडा प्रहरी कार्यालय, बिर्ताको टोली गएर विद्यार्थीहरूलाई तितरबितर गरेको थियो । विद्यालयको विवादमा प्रहरी परिचालन गरेर दमन गर्न खोजेको भन्दै विद्यार्थीहरूले पुनः प्रदर्शन गर्दै घण्टाघरमा सडक अवरोध गर्न खोजेका थिए । त्यहाँ पनि प्रहरीले विद्यार्थीहरूलाई तितरबितर गरेको थियो ।

त्यसपछि उनीहरू जिल्ला प्रशासन कार्यालय पुगेका थिए र प्रहरीले त्यहाँ पनि विद्यार्थीहरूलाई लखेटेर तितरबितर गरेको थियो । त्रिभुवन हनुमान माविमा बिहान ११ बजेसम्म शान्तिपूर्ण तरीकाबाट परीक्षा सम्पन्न भएको थियो । १ बजेपछि विद्यार्थीको एक समूह परीक्षा दिन तयार भएको र अर्को पक्ष कोरोनाको कारण परीक्षा लिन नहुने भनी विरोधमा उत्रेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here