प्रस, सेढवा २९ पुस/

ठोरी गाउँपालिकाको सुवर्णपुरदेखि ेजीतपुरसिमरा उपमहानगरपालिका जाने सडक अन्तर्गत हरैया मनकारी खोलाको पुल निर्माण भएको दुई वर्ष बितिसक्दा पनि सञ्चालनमा आउन सकेको छैन ।

जीराभवानी गापा–५ स्थित सो पुल आव २०७६–७७ मा गापाको रु दश लाख लागतमा निर्माण भएको थियो । तर हालसम्म सञ्चालन हुन नसक्दा यात्रीले कठिनाइ भोग्नुपरेको छ ।

पुल सञ्चालनमा नआउँदा सो बाटो भएर आवागमन हुने टेम्पु, म्याजिक भ्यानलगायत सवारी साधन अन्य बाटो भएर जाने गरेका छन् । पुल सञ्चालन गर्न चालू आवमा माटो भर्ने, ग्रेभल गर्ने तथा तटबन्ध गर्न पाँच लाख विनियोजन गरिएको गापाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here