विश्व हिन्दी दिवस

  • श्रीमन्नारायण

नेपालमा प्रगतिवादी तरीकाले शुरूमा लेखिएका जति पनि कविता थिए ती सबै हिन्दी भाषामा र माक्र्सवादी साहित्यबाट प्रभावित थिए । प्रगतिवादी काव्यका प्रारम्भिक रचनाहरूलाई हिन्दी भाषामा लेख्ने नेपाली साहित्यकारहरूमा वासुदेवप्रसाद त्रिपाठी, यदुवंशलाल चन्द्र, सूर्यनारायण दास, मणिराज उपाध्याय, सूर्यदेव प्रभाकर, वबु्रवाहन नेपाली, सुन्दर झा शास्त्री, मङ्गलकुमार उपाध्याय ‘नेपाल’, रामहरि जोशी र गोविन्द भट्ट आदि थिए । यिनमा पनि सूर्यदेव प्रभाकर, रामहरि जोशी, सुन्दर झा र वासुदेव त्रिपाठीमा प्रगतिवादी काव्य रचनाको प्रवृत्ति बढी देखिन्छ ।

नेपालका शोषित मजदूर एवं किसानहरूलाई चित्रण गर्नमा जुन प्रगतिवादी काव्यको विशेषता हुन्छ, त्यसमा उपरोक्त कविहरूले विशेष अभिरुचि देखाएका छन् । वासुदेवप्रसाद त्रिपाठीका ‘ओ दुखिया किसान’ शीर्षकका केही पङ्क्तिहरू विशेषरूपमा उल्लेखनीय छन्ः

सदियों के भूखे, वस्त्रहीन, अत्यधिक अशिक्षित और दीन
राणाशाही से उत्पीडित, साधनविहीन शोषित महान
ओ नेपाली दुखिया किसान
दिनरात परिश्रम करते हो, सर्दी गर्मी में मरते हो
राणाजी माल उडाते है, तुमको मिलता मकै पिसान
ओ नेपाली दुखिया किसान

(नेपाली जनक्रान्ति, पृष्ठ– २०)

किसानका बालबालिकाहरूको दयनीय अवस्थालाई चित्रण गर्दै उनी लेख्छन्ः
नहीं दीख पडती उनके शिशुओं के मुँह पर लाली
दूध कहाँ से हो माँ का, जब पेट रहेगा खाली
औषधि के ही बिना, कृषक बच्चे बीमार बेचारे
असमय में ही निठूर देव द्वारा जाते मारे

(ने.ज.पा.पृष्ठ– ३३)

रामहरि जोशीले पनि पूँजीवादी प्रथाको अन्त्यका लागि क्रान्तिको कामना गरेका छन्ः
आह गरीबों की आज महल को हिला रही,
झोपडी की आग आज विश्व को जला रही
मागता है विश्व आज नौजवान रक्त दो,
कह रही है यह जमीन, देशभक्ति दो

(नया सवेरा–नई आज, पृष्ठ २४)

रामहरि जोशीले दीनदुःखीहरूको सेवालाई नै वर्तमान युगको सबैभन्दा ठूलो धर्म बताएका छन् ः

आज के युग धर्म की आवाज है
दीन दुःखियों की सभी सेवा करें
है यही सबसे बडा अब यज्ञ भी
तीर्थ, पूजा, पाठ सबकुछ है यही

(नया सवेरा, पृष्ठ– २)

त्यति बेलाको नेपालको आर्थिक असमानताको एउटा मार्मिक वर्णन यसरी पनि गरिएको छः

भव्य महलों पर सजी ए महफिलें आमोद पूरित
झोपडी मे क्षुधा पीडित, दीन की आहें विद्युर्णित
घुमते दुःखी निकम्मा और रोते श्रमिक निर्धन
उर्वरा हमने बना दी, ए जमीने मरु–बंजर
और बदले मांस सुखा, सुखता अब अस्थिपंजर
शोषकों के जाल मे फँस, हो रहा मानव विकम्पन ।।

(परवसता पृष्ठ–२० सुन्दर झा)

प्रगतिवादी कविहरू, छायावादी कविहरूजस्तो स्वप्नदृष्टा भएर निशारावादी हुँदैनन् । जीवन सङ्घर्षबाट निराश भएर पलायनको प्रवृत्ति तिनमा पाइँदैन । निराशा र पराजयको भावनालाई सधैं तिरस्कार गर्दै यिनीहरू आत्मविश्वास, पुरुषार्थ र कर्मयोगको सन्देश प्रवाहित गर्दछन् । यस्तो प्रवृत्ति रामहरि जोशी र सुन्दर झाको काव्यमा परिलक्षित हुन्छ ।
मिट्टी की सौगन्ध अरे ओ सोने वालों
मिट्टी की सौगन्ध अरे ओ रोने वालों
मोती को यु न लुटाओ, अश्रु पोंछ लो
हिम्मत और विश्वास जगाओ अपने में तुम
उठो अपनी ताकत भी तो यही आजमा लो कुछ
कदम उठाओ देखोगो तुम
डगमग धरती डोल उठेगी
सागरका दिल कांप उठेगा
और हिमाल हिल जाएगा ।

(नया सवेरा, पृष्ठ ९)

प्रगतिवादी काव्यको उद्देश्य मानवतावादी भएको कारण नै जनवादी र लोककल्याणको भावहरू यसमा विशेष रूपमा समाहित रहेको हुन्छ । कवि गोविन्द भट्ट, रामहरि जोशी, मङ्गलकुमार नेपालका रचनाहरू अधिकांश जनवादी प्रवृत्तिकै छन् । लोक मङ्गलको भावना यसमा व्यापकरूपमा व्यक्त भएको पाउन सकिन्छ ।

देखकर दीन मनुज की दशा
उबल आँखो से प्राण
मनुज कवि रोते तक तुम नहीं,
तुम्हे धिक मर प्रति तुम पाषाण
गगन से कह क्या कम है, धरा का चहल पहल आंगन ।
जहाँ है नीले–पीले खेत और ये सरिता गिरि कानन ।।
आज निर्जीवों पर रोना, छोड दो ओ कवि यह निस्सार
तुम्हारे धूल का मानव तप्त, बहाओ शीत अश्रु की धार
(गोविन्द भट्ट)

पूँजीवाद र साम्राज्यवाद आदि शोषक प्रवृत्तिको विरोध गर्नु प्रगतिवादी काव्यको दोस्रो प्रमुख विशेषता हो । उपयुक्त नेपाली कविहरूमध्ये अनेकौंले यस्ता खाले शोषक प्रवृत्तिको विरोध गर्दै क्रान्तिको आह्वान पनि गरेका छन् । राजविराजका यदुवंशलाल चन्द्रले पूँजीपतिहरूलाई सावधान गर्दै भन्छन्ः

सावधान ओ पूँजीपतियों, घटा घिर रही कारी–कारी
उरका दग्धोच्छ्वास निकलकर कही न रौंदे तेरी क्यारी
ढह जाये फिर कहीं न तेरी, गगन चुमती खडी अटारी
जीर्ण–शीर्ण, पुरातन र मानवताविरोधी समाज एवं घातक रूढिवादी मान्यताहरूको पनि विरोध गरिएको छ ।
तोड पुरानी घृणित शृङ्खला, निकली पतनकी खाई से,
आलिंगन कर उत्थानो को, भागो दूर बुराई से,
नूतन युग से, नए समय से, री तुम नाता जोड चलो ।

(सुन्दर झा, परवसत्ता पृष्ठ ४२)

रामहरि जोशीको मिट्टी की गीत शीर्षक कवितामाः
सोने के तो गीत बहुत तुमने गाए हैं
मिट्टी के भी गीत जरा तुम गाओ
मानव ही बन गया यहाँ पर रावण
सोनेका पीला रंग चढा जब उसपर

(नया सवेरा पृष्ठ–३७)

प्रगतिवादी कवि प्राचीन, जीर्ण रूढिवादमा आधारित समाजमा परिवर्तन ल्याउने, त्यसमा व्यापक आर्थिक असमानता अन्त्य गरी एउटा नवीन आदर्श समाजको स्थापना गर्ने कामना गर्दछन् । यस्तो कामना हाम्रो देशका हिन्दी कविहरूको रचनामा पनि पाइन्छ ।

ऐसा हम राज्य बनाएगें
कोई न जहाँ होगा नंगा, कोही न रहेगा भिखमंगा
भूलोक यही की अन्य कहीं, कोई न समय मे पाएगें
उस दिन भू को साकेत समझ, सुर भू पर फूल चढाएगें
सब प्राणी भी शिक्षित होगें, शूचि मन्त्रों से दीक्षित होंगे
सब वादों से परे जहाँ, सब रामराज्य इच्छित होंगे ।

(स्वयंवरा, सूर्यनारायण दास)

नेपालमा हिन्दी भाषालाई कतिपयले विदेशी भाषाको संज्ञा दिएका छन् जबकि यो हाम्रो निम्ति दिनहुँ उपयोगमा आउने भाषा हो । नेपालका सरकारहरूको हिन्दीप्रतिको दुराग्रहपूर्ण सोचले निरन्तर रूपमा यस भाषालाई नेपालको सन्दर्भमा औचित्यहीन साबित गर्ने काम गर्दै आएको छ तर हिन्दी भाषामा लेखिएका साहित्य, कविता, पर्चा, नारा, भाषण र वार्तालापले राणाविरोधी एवं पञ्चायतविरोधी, लोकतान्त्रिक आन्दोलन, देशको कम्युनिस्ट आन्दोलनहरू र मधेसवादी दलका आन्दोलनहरूमा समेत महŒवपूर्ण भूमिका निर्वाह गरेको अनेकौं उदाहरण छ । नेपालमा हिन्दी भाषा–साहित्यको महŒव हिजो थियो, आज छ र भोलि पनि रहने छ । नेपालका हिन्दी कवितामा छायावादी, रहस्यवादी र प्रगतिवादी भावनाको परिचय र दिग्दर्शनका अनेकौं उदाहरणहरू छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here