अहिले देशका विभिन्न ठाउँमा जनतालाई रिझाउनेदेखि राजनीतिक राप जगाउने काम हुन थालेको छ । यसले निर्वाचनको सङ्केत गर्दछ । यही वैशाख महीनामा स्थानीय तहको निर्वाचन हुने आकलन छ । निर्वाचनमा जनताको हित र कल्याणको प्रत्यक्ष्F काम सर्वाधिक हुने गरे तापनि बुद्धिमान् उम्मेदवारहरू अहिलेदेखि नै जनता रिझाउन लाग्न थालेको देखिएको छ । संयोग पनि राम्रो जुरेको छ । चीसो बढेको छ, देशमा गरीब र गरिखानेहरूको जमात धेरै छ । जोसँग छ, ऊ पनि सित्तै पाए चुक घोप्ट्याउने ताकमा रहन्छ । यस्तै सामाजिक मनोविज्ञानमा हामी हुर्केका छौं । संवैधानिक प्रावधान अनुसार आउँदो वर्ष तीनै तहको निर्वाचन हुनुपर्छ । र यी निर्वाचनहरूमा स्थानीय निर्वाचनको विशेष महŒव हुन्छ । यस कारण पनि कि अहिलेको संविधानले स्थानीय तहलाई पनि स्थानीय सरकारको दर्जा दिएको छ र अधिकार र बजेटको परिमाण पनि बढेको छ । बजेटले विकास निर्माणका कामका साथै व्यक्तिगत लाभ (कसैका लागि कमाउने, कसैका लागि काम गर्ने) को अवसर दिएको छ । यो भनेको मह काट्नेले हात चाट्ने अधिकार पाएसरह हो, खासगरी पदमा बसेका उम्मेदवारहरूका लागि ।

निर्वाचन लोकतन्त्रको प्राण हो । निर्वाचन र सावधिक निर्वाचनविना लोकतन्त्र बाँच्न सक्दैन । यद्यपि लोकतन्त्रको अभाव रहेको बेला पनि हामीकहाँ सावधिक निर्वाचनहरू हुने गरेका थिए । माओवादी सशस्त्र द्वन्द्वको उत्कर्षको बेलादेखि लामो समय देशमा निर्वाचन भएन । देशमा राजनीतिक भाँडभैलो खुब चल्यो । विभिन्न भूमिगत गिरोहको दबदबाका बीच जनताले अधिकारविहीनताको ताप सहनुप¥यो । सबै तहको काम–कारबाई सरकारी कर्मचारीको भरमा चल्यो । जसको पद स्थायी थियो । पद स्थायी भएकोले उनीहरूले व्यक्तिगत प्रेरणाबाहेक केही नगरे पनि हुने अवस्था थियो । राजनीतिक कार्यकर्ताहरूको सक्रियतामा खिया लागेको थियो । तसर्थ २०७४ सालमा भएको तीनै तहको निर्वाचन भावना, नारा र बितेको सङ्क्रमणकालको धङधङीमा सम्पन्न भयो । जनताले उद्देश्यहीन राजनीतिक उम्मेदवारहरूलाई रोज्यो । किनकि त्यस बेला राजनीतिक सिद्धान्तभन्दा भावनात्मक उद्वेगको राप बढी थियो । अब भने जनताले पनि बुझेको छ, बितेको समयले उसलाई निर्वाचन भावनाभन्दा यथार्थ र सिद्धान्तमा आस्था राख्ने राजनीतिक दल र उसका कार्यकर्ताहरूलाई रोज्ने अवसर हो भन्ने बुझ्न थालेको छ । यस अर्थमा पनि उम्मेदवारहरूले अब ठोस काम गरेर मात्र जनप्रिय हुन सकिन्छ भनी बुझ्नो बेला आएको छ ।

तर उम्मेदवारहरूले बुझ्नुपर्ने कुरा के हो भने जनहितको काम तात्कालिकभन्दा दीर्घकालीन हुनु बुद्धिमानी हो । यसले व्यक्ति र ऊसम्बद्ध दलको वर्चस्व समाजमा स्थापित हुन्छ । किनकि निर्वाचनमा जित्ने त व्यक्तिले हो, तर त्यसको दीर्घकालीन लाभबाट राजनीतिक दल बलियो हुन्छ । त्यसैले दलहरूले पनि तत्काल विजयी हुने, साम–दाम–दण्ड अँगालेर विजयी हुने उम्मेदवारभन्दा सिद्धान्तनिष्ठ, पार्टीप्रति वफादार तथा पूर्णकालिक कार्यकर्तालाई अघि सार्नु उपादेयी हुनेछ । यद्यपि यस निर्वाचन र आउँदा एकदुई निर्वाचनमा पार्टीहरूले यस्तो निर्णय लिन सक्ने अवस्था छैन । सबैलाई जित्नुछ, जसरी पनि जित्नुछ । त्यसले गर्दा अहिले दलबदलुहरूको जमात निकै लम्बिएको छ । यस्तालाई साथ लिंदा पार्टी स्वयं कमजोर बन्छ र जनहितको काममा पनि ठोस योगदान पु¥याउन सक्दैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here