प्रस, वीरगंज, २४ पुस/

दुई नम्बर प्रदेशको राजधानी वीरगंज हुनुपर्ने माग गर्दै शनिवार वीरगंजमा खबरदारी जुलूस निकालिएको छ ।

स्वीमिङ्गपुल परिसरबाट निकालिएको खबरदारी जुलूस नगरपरिक्रमा गरी घण्टाघरमा कोणसभा गरेर समापन भएको थियो । कोणसभामा बोल्दै प्रदेशसभा सदस्य प्रह्लाद गिरीले कुनै पनि तरीकाबाट प्रदेश २ को राजधानी वीरगंजमा हुनुपर्छ भन्ने कुरामा अडिग रहेको बताए ।

सभासद् गिरीले बारा, रौतहटका प्रदेशसभा सदस्यहरूलाई पनि यो अभियानमा साथ दिन आग्रह गरे । गिरीले पर्साका सभासद्हरूले वीरगंज राजधानी अभियानमा साथ नदिए उनीहरूको बहिष्कार गर्न सुझाए । वीरगंज राजधानीका लागि सबै दृष्टिबाट उचित भएको भन्दै उनले वीरगंजबाहेक राजधानी स्वीकार्य नहुने बताए ।

सो अवसरमा लोसपाका नेता राजेशमान सिंहले आर्थिक राजधानी, नेपालको प्रवेशद्धार र सबै खाले आन्दोलन तथा मधेस आन्दोलनमा सबैभन्दा बढी योगदान दिएको स्थानलाई राजधानी नबनाएर जनकपुरलाई बनाउने हो भने स्वीकार्य नहुने बताए । उनले मधेस आन्दोलनका क्रममा शीर्ष नेताहरूले वीरगंजलाई राजधानी बनाउने आश्वासन दिएको र अहिले सोविपरीत आफ्नै पार्टीले नै निर्णय गरे पनि जुझ्ने चेतावनी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here